हाप्किडोमा नुवाकोट च्याम्पियन

विदुर–नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घको व्यवस्थापन तथा नुवाकोट मार्शल आर्ट्स हाप्किडो सङ्घको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ हाप्किडो च्याम्पियनसिपमा आयोजक टोली नुवाकोट च्याम्पियन भएको छ । प्रतियोगितामा नुवाकोटका चार खेलाडीले स्वर्ण पदक जितेका छन् । नुवाकोटका समिर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले स्वर्ण प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।  यस्तै, दाङको टोली दोस्रो तथा कास्कीको टोली तेस्रो भएको छ...

साग पदक विजेतालाई नगदसहित सम्मान

विदुर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता नुवाकोटकी अनु अधिकारीलाई नगदसहित सम्मान गरिएको छ । उनलाई  आफ्नो जन्मथलो नुवाकोटमा  नेपाली काँग्रेस खेलकुद विभाग नुवाकोट शाखाले नगदसहित सम्मान गरेको हो । अनु नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्या गाँउपालिका वडा नं ४ मा जन्मिएकी हुन् । सो गाउँपालिकाले अनुलाई १० हजार एकसय रुपैयाँ नगद सहित सम्मान गरिसकेको छ । अनुले गत २०७६ साल  मंसिरमा नेपालमा आयोजना भएको...

भलिवलको उपाधि म्यागङलाई

विदुर–नुवाकोटको दुप्चेश्वरमा भएको तेश्रो दुप्चेश्वर कप भलिबल प्रतियोगिताको उपाधि म्यागङ गाउँपालिकाले जितेको छ । फाइनलमा आयोजक दुप्चेश्वर गाँउपालिकालाई ३–१ को सेटमा हराउदै म्यागङ गाउँपालिको उपाधि उचालेको हो । दुप्चेश्वर गाउँपालिका–६ स्थित रुक्मिणी माविमा भएको खेलमा म्यागङले दुप्चेश्वरलाई २०–२५, २५–१९, २५–१६ र २५–१३ सेटले हराउदै नगद ८० हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । दोश्रो भएको दुप्चेश्वरले ५० हजार, तेश्रो भएको पञ्चकन्या गाउँपालिकाले ३०...

ज्याङ्देलाई फुटवलको उपाधि

त्रिशूली–रसुवामा पहिलो पटक सञ्चालन भएको फुटसल प्रतियोगिताको उपाधि ज्याङ्दे युवा समाज धुन्चेले जितेको छ । सोमबारबाट सुरु भएको प्रतियोगितामा परिकल्पना नेपाल धुन्चे दोस्रो र ठण्डर बोइज स्याफ्रु तेस्रो भएको छ । शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले आयोजना गरेको प्रथम अकिआस फुटसल तथा एकल नृत्य प्रतियोगितामा १७ टिम सहभागी भएका थिए । खेल लिग चरणको आधारमा खेलाइएको हो । त्यसैगरी नृत्यतर्फ सम्झना तामाङ पहिलो, फूलमाया तामाङ...

जिल्लास्तरिय अन्तर विद्यालय क्रिकेट
"अर्किड एकेडेमीले उचाल्यो उपाधि "

विदुर– नुवाकोटमा सम्पन्न जिल्लास्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि अर्किड एकेडेमी वट्टारले उचालेको छ । नुवाकोट क्रिकेट संघको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदान वट्टारमा संचालित सो प्रतियोगिताको आइतवार भएको फाइनल खेलमा अर्किडले विजयका साथ उपाधिसहित २५ हजार रुपैया वरावरको खेल सामग्री हात पारेको हो । अर्किड एकेडेमी बिले फाइनल खेलमा देवीघाटस्थि शहिद जगतप्रकाशजंग शाह सस्कृत माविलाई १६ रनले पराजित गर्दै उपाधि...

उद्घाटन खेलमा गुडविलको सुखद सुरुवात
"नुवाकोटका ६ टिमको सहभागिता "

देवचन्द्र भट्ट वट्टार–नुवाकोट क्रिकेट संघको आयोजनामा विदुरमा वुधवारदेखि जिल्लास्तरिय अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता सुरु भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा संचालित उद्घाटन खेलमा गुडविल एकेडेमी बिजयी भई आफ्नो सुखद सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अर्किड ए ले निर्धारित २० ओभरको खेलमा ९.५ ओभरमा अलआउट हुँदै ४४ रन बनायो । अर्किड ए का तर्फबाट अभिषेक न्यौपानेले १५ रन बनाए । बलिङतर्फ गुडविलका अमिक कुमालले...

Logo Radio Bhairavi 88 MHz Trishuli FM
मार्सल आर्टशको डोजो उद्घाटन

विदुर– नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका वडा नं ४ मा नुवाकोट मार्सल आर्ट्स हाप्किडो संघको डोजो उद्घाटन गरिएको छ । साथै नेपाल एतेमी मार्सल आर्ट वुदो एकेडेमी क्योकुशिन करातेको जुनियर बेल्ट ग्रेडिङ तथा सम्मान कार्यक्रमसमेत सम्पन्न भएको छ । हेल्थ एण्ड एजुकेशन फर नेपालका अध्यक्ष तथा समाजसेवी जगतवहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दक्षिण एसिया हाप्किडो महासंघ तथा नेपाल मार्सल आर्ट्स हाप्किडो संघको केन्द्रीय अध्यक्ष कालीबहादुर...

गाउंमा रंगशालाको निर्माण सुरु

विदुर–ग्रामीणस्तरवाट खेलाडि उत्पादन गर्ने उद्धेश्यले नुवाकोटको पुर्वी भेगमा रंगशाला निर्माण सुरु गरिएको छ । सदरमकुाम विदुरदेखि ५० किलोमिथर पुर्वमा रहेकोे शिवपुरी गाउँपालिमा शहिद स्मृति रंगशालाको शिलान्यास गरिएसंगै निर्माण सुरु भएको छ । सो रंगशालाको शिवपुरी गाउँपालिकाको वडा नं ७ मा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शिलन्यास गरे । उनले यसवाट प्रतिभा भएर पनि अवसर नपाएका खेलाडिहरुको उत्पादनमा महत्वपुर्ण भुमिका हुने वताए । प्रतिनिधि सभा निर्वाचन...

अजेश र दिपशिखा प्रथम

विदुर–नुवाकोट एथ्लेटिक्स ट्रेनिङ सेन्टरले दौड प्रतियोगिता सम्पन्न गरेको छ । पर्यटन वर्ष २०२० सफल पारौँ भन्ने मुलनारासहित आयोजित सो प्रतियोगिता विदुर नगरपालिका वडा नं. १३ को कागुनेवाट सुरु भएको दौड कल्याणपुरको कागुने, डेउडी, राईसिङ हात्तिगौडा हुदै त्रिशुली अस्पताललाई परिक्रमा गरि पुन कागुनेमा पुगेर सम्पन्न भएको थियो । कुल १२ किलोमिटर लामो दुरी पार गरेको प्रतियोगितामा ५९ मिनेट ३५ सेकेण्डमा लिखु गाउँपालिका वडा नं. ४ चौघडाका अजेश राई...

ठुलोगाउंले जित्यो फुटवलको उपाधि

नुवाकोट – वडादशैं तथा तिहार २०७६ को अवसरमा रसुवामा सञ्चालन गरिएको दोस्रो खुला जिल्ला स्तरीय फुटबल प्रतियोगितामा ठुलोगाउँ ‘ए’ विजयी भएको छ । फाइनल खेलमा ठुलोगाउंले पेनाल्टी सुट आउटमार्फत रेडियो रसुवालाई ५–४ अन्तरले पराजित गर्दै प्रथम भएर नगद ५० हजार रुपैयासमेत हात पारेको हो । ठूलोगाउँ ‘ए’ र रेडियो रसुवाबीच भएको फाइनल खेलमा पेनाल्टी सुट आउट मार्फत ठुलोगाउँ ‘ए’ विजयी भएको हो । आयोजक सुन्धरा युवा क्लव र...