भागवण्डामा नेकपाका विभाग तथा पदाधिकारीहरु
"१५ हजार ७ सय ५० संगठित सदस्य "

विदुर– सांढे दुई वर्ष अगाडि भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा वाम गठवन्धन वनाई निर्वाचन जितेको नेकपा नुवाकोटमा पार्टी एकिकरणको दुई वर्षपछि सचिवालय वैठक वसेको छ । वैठकले भागवण्डामा विभिन्न विभागहरु गठन गरेको छ । नेकपा नुवाकोटका अध्यक्ष तथा प्रदेश सभा सदस्य हिरानाथ खतिवडाको अध्यक्षतामा विदुरमा सम्पन्न वैठकले भागवण्डा गरेर पुर्व नेकपा एमाले र पुर्व माओवादी केन्द्रवाट पदाधिकारी चयन गरेको छ । सवै भिाग तथा...

पिसिआर परिक्षणको दायरा वढाउन माग

विदुर–विश्वव्यापी महामारीको रुपमा पैmलिएको नोवेल कोरोना कोभिड–१९ भाइरसको संक्रमित वढ्दै गएका कारण पिसिआर परीक्षणको दायर बढाउन कांग्रेस नुवाकोटले माग गरेको छ । यसका साथै कांग्रेसले  कोरोना भाइरस रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउनसमेत सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्माओलीलाई मंगलवार १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बिदुर...

नुवाकोटमा विद्यार्थीसहितको विरोध

विदुर– भारतले नेपाली भूमि लिपुलेकमाथि एकतर्फीरूपमा सडक निर्माण गरेको जनाउंदै नुवाकोटमा विद्यार्थीसहितका नेताहरुले विरोध प्रदलर्शन तथा धर्ना दिएका छन् । भारतले लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूमि अक्रिमण गरी बाटो बनाएको जनाउंदै  नुवाकोटमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । संयुक्त विद्यार्थी संघर्ष समिति र सिमा बचाउ समिति नुवाकोटले लकडाउनकैवीच भारत विरोधी प्रदर्शन गरेका हुन् । उनीहरुले ‘हाम्रो भूमि प्राणभन्दा प्यारो छ, लिपुलेक हाम्रै हो भन्दै भारत...

विधेयकको विरोधमा कांग्रेसले वुझायो ज्ञापनपत्र

विदुर–नेपाली कांग्रेस नुवाकोटले सूचना तथा प्रविधि विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन् गर्न लागेको विषयले गम्भीर बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । हालै संसद्, विकास तथा प्रविधि समितिबाट बहुमतले पारित गरेको सो विधेयक हितविपरित भएको दाजी गर्दै ज्ञापन पत्र वुझाइएको हो । विधेयकले नागरिकको विचार, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको हक तथा सूचनाको हकसमेतलाई सङ्कुचन र नियन्त्रण गर्ने मात्र नभई नियमनका नाममा सामाजिक सञ्जालमार्फत हुने विचार अभिव्यक्तिको स्वतन्त्रतालाई...

अखिलमा विष्णु र पौडेल

विदुर–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नुवाकोट संयोजकमा विष्णु दाहाल चयन भएका छन् । सहसंयोजकको जिम्मेवारी भने विनोद कोइरालाले पाएका छन् । अनेरास्ववियुले विभिन्न जिल्लामा विद्यार्थी संगठनको लागि संयोजक र सहसंयोजक तोकेको हो । पुर्व एमाले र पुर्व माओवादी समायोजनापछि बनेको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले लामो समयपछि जिल्लामा नेतृत्व पाएको छ । संयोजक बनेका दाहाल तत्कालिन अनेरास्वबियु र कोइराला अखिल (क्रान्तीकारी) का नेता हुन् ।...

परिवर्तनको सुरुवात स्थानीय तहवाटः पुर्वमन्त्रि पाण्डे
"जनप्रतिनिधि नै मुख्य हतियार "

विदुर–देशको विकासका लागि स्थानीय तहका जनप्रतिनिधिवाटै सुरुवात गरिनु पर्ने नेकपाका नेता तथा पुर्व परराष्ट्रमन्त्रि महेन्द्रवहादुर पाण्डेले वताएका छन् । देशमा अव जनताले परिवर्तन चाहेका कारण त्यसको पहिलो चरणमा स्थानीय तहवाटै सुरुवातको जरुरी रहेको उनको ठहर छ । नुवाकोटको विदुरमा  पार्टीको स्थानीय तहका पदाधिकारीलाई सपथग्रहण गराउंदै नेता पाण्डेले जनताको परिवर्तनका लागि निर्वाचित जनप्रतिनिधि नै मुख्य हतियार भएको कारण हतियारलाई सदैव उचित स्थानमा राख्न नुवाकोटे जनतालाई अनुरोध...

सरकारद्वारा जनतालाई झुक्याउने काममात्रः डा. महत

विदुर–नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्रि डा. रामशरण महतले सम्वृद्धिका नाममा जनतालाई झुक्याउने काम मात्र गरेको वताए । उनले यो सरकारवाट विकास र परिवर्तनको आशा राख्नु जनताको भुल हुनेसमेत वताए ।   नुवाकोटको ककनीमा वुधवार आयोजित कार्यक्रममा डा. महतले जनतालाई आस्वासन मात्रै दिएर नेकपाको सरकारले निरंकुशता र अधिनायकवाद मात्रै लादिरहेको वताए ।  सरकारले नारामा मात्रै जनतालाई सम्वृद्धि दिएको समेत उनले आरोप लगाएका छन् ।   सरकार वनेको २२ महिनामा नेकपाको...

एकिकरणको लामो समयपछि भागवण्डा
"लामो कसरतपछि निर्वाचन क्षेत्र र स्थानीय तहको कमिटीको नेतृत्व "

विदुर–एकिकरणको लामो समयपछि नेकपा नुवाकोटमा भागवण्डा मिलेको छ । लामो कसरतपछि पुर्व एमाले र पुर्व माओवादीलाई मिलाएर नुवाकोटमा विभिन्न तह विभाजन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटले निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहको कमिटीको नेतृत्व लामो समयपछि टुंगो लगाएको हो । नेकपा नुवाकोटको वैठकले सहमतिसंगै सो निर्णय सार्वजनिक गरेको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ३ नं. प्रदेश इन्चार्ज महेन्द्रबहादुर पाण्डे, नुवाकोट जिल्ला अध्यक्ष...

‘सम्वृद्धिको नाममा जनतालाई सरकारको अनियमितताको पुरस्कार’

विदुर– सरकार जनताको सम्वृद्धिको नाममा अनियमितता गर्न उद्यत रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थमन्त्रि डा. रामशरण महतले आरुोप लगाएका छन् । उनले विकास निर्माणको काममा सरकारले भ्रष्ट्राचार गरिरहेकोसमेत दावी गरेका छन् । नेपाली कांग्रेस दुप्चेश्वर गाउँपालिकाको आयोजनामा भएको दिपावली, छठ, नेपाल सम्बत पर्बको उपलक्ष्यमा आयोजित कार्यक्रममा डा. महतले सरकारले दुई तिहाइको नाममा जनतामाथि निरंकुशता लादिरहेको बताएका छन । डा. महतले सरकारले विकासको नाममा भष्ट्राचार गरेको...

सरकार सपना वांढ्नै व्यस्तः डा. महत

विदुर–नेपाली काँग्रेसका सह–महामन्त्री तथा पुर्वमन्त्रि डा. प्रकाशशरण महतले सरकार जनतालाई सम्वृद्धिको सपना वांढेर निरंशुकता लाद्न उद्यत रहेको आरोप लगाएका छन् । वाम गठवन्धनपछि वनेको कम्युनिष्ट सरकार दुई वर्ष नपुग्दै अधिनायकवादी भएको आरोपसमेत उनले लगाएका छन् । नुवाकोटको विदुरमा आइतवार आयोजित एक कार्यक्रममा दुई तिहाइका नाममा नेकपाको सरकारले जनतामाथि निरंकुश शासन गरिरहेको उनको भनाई छ । डा. महतले मुलुकमा संबिधानले अपरीबर्तनीय मानेको ब्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र प्रेस, आवधिक निर्वाचन...