चीनको घांस नेपालको तीन स्थानमा रोपिए

त्रिशूली, नुवाकोट – चीनको तिव्वतवाट पहिलो पटक ल्याइएको घांस नेपालको तीन स्थानमा परिक्षणका रुपमा रोपिएका छन् । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाका हुँदै चीनको तिब्बतबाट ल्याइएका चिनीया घांसको सफल परिक्षण गरिएको हो । पहिलो पटक रसुवाको तीन स्थानमा तिव्वतवाट आयातित १८ प्रजातिको चिनिया घाँसको परिक्षण गरिएको चरण तथा घाँसे बाली अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अल्फा, कक्सफुड, राई, जैलगायतका १८...

उत्कृष्ट तथा सेवा निवृत्त कर्मचारीहरु सम्मानित

नुवाकोट – जिल्ला हुलाक कार्यालयले उत्कृष्ट र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरेको छ । उत्कृष्ट कर्मचारी र सेवा निवृत्त गरि पांच जनालाइृ सम्मान गरिएको हो । विश्व हुलाक दिवसको अवसरमा गोपालप्रसाद अधिकारीलाई उत्कृष्ट र सेवा निवृत्त कर्मचारी श्याम श्रेष्ठ, धर्मदत्त भट्ट, बलराम पुडासैनी र पूर्णलाल गुरुङलाई सम्मान गरेको हुलाक अधिकृत नारायणप्रसाद चापागाईंले जानकारी दिए । हाल नुवाकोट जिल्ला हुलाकसहित १३ स्थानमा हुलाक इलाका र ५० स्थानमा अतिरिक्त हुलाक...

यातायात क्षेत्र सुधारका लागि ७ वुंदे माग

नुवाकोट – नुवाकोटमा सन्चालित यातायात क्षेत्रमा विद्यमान वेथिती समाधानका लागि उपभोक्ताले सरोकारवालाको ध्यमानाकर्षण गराएका छन् । पहाडि संरचना रहेको नुवाकोटमा भएको यातायात क्षेत्रका यावत समस्याहरुको सुधार हुनुपर्ने माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । सरोकार संस्था संवाद समूह नुवाकोटका संयोजक सन्तोष खनालसहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई भेटेर यातायात क्षेत्रमा तत्काल सुधार गरि यात्रु तथा उपभोक्ताको अधिकार संरक्षणका लागि माग गर्दै ७...

यात्रु ठगिन रोक्न सहायता कक्ष सन्चालन

वट्टार–नेपालीको मुख्य चाडपर्वलाई लक्ष्यित गर्दै नुवाकोटमा यात्रु सहायता कक्ष सन्चालन गरिएको छ । विदुर नगरपालिका–४ बट्टार बसपार्कमा यात्रुहरुको सहयताका लागि पहिलो पटक यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । यात्रु सहायता कक्षको नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्लेले शुभारम्भ गरे । उनले यस कक्षवाट गन्तव्यमा हिँडेका यात्रुहरुलाई ठगीमा पर्नबाट यसले जोगाउने...

दुई सातादेखि अवरुद्ध त्रिदेशीय मार्ग सन्चालन

वेत्रावति– दुई सातादेखि अवरुद्ध त्रिदेशीय मार्गको रुपमा रहेको नुवाकोट–धुन्चे–रसुवागढी सडक सुचारु भएको छ । पहिरोले भासिएको सडकमार्ग उकासेपछि यातायात सुचारु भएको हो । पासाङल्हामु मार्गका नामले परिचित सो सडकमार्ग अन्र्तगत वेत्रावति–कालिकास्थान–राम्चे–धुन्चे सडकमार्ग गत भदौ २५ गते सडक खण्डको बिचमा रहेको नागार्दुन भन्ने स्थानमा पहिरो गई सडक भासिएको थियो । सडक भासिदाँ आवतजावत गर्न समेत समस्या भएको थियो । सडक भन्दा तलबाट ग्याबिन लगाई भासिएको सडकमा मर्मत गरेर १२...

मालपोतमा अनलाइन सेवा सुरु

धुन्चे–सेवाग्राहीहरुलाई जग्गा जमीन खरीद बिक्रीसम्बन्धी कारोवारको सेवा छिटोछरितो प्रदान गरी अभिलेख व्यवस्थित र सुरक्षित गर्न हिमाली रसुवाको धुन्चेस्थित मालपोत कार्यालयमा अनलाइन दर्ता सेवा शुरु गरिएको छ । उक्त अनलाइन सेवाको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले सुरुवात गरे । मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठका अनुसार नयाँ आर्थिक वर्षको शुरूआतसँगै अनलाइन सेवा सञ्चालन गर्ने नीति र निर्देशन भए पनि सेवा सञ्चालनको आन्तरिक व्यवस्थापनका कारण केही ढिलाइ...

पर्यटन समाजको साधारणसभा

विदुर–नुवाकोट–रसुवा पर्यटन समाजको अध्यक्षमा पूनः बलराम न्यौपाने निर्वाचित भएका छन् । समाजको सम्पन्न साधारणसभाले न्यौपाने अध्यक्षमा निर्बिरोध भएका हुन् । सो कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य तथा समाजका सल्लाहकार दीपककुमार महतले नुवाकोट रसुवा पर्यटन समाजले पर्यटन क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने तथा समाजको कार्यमा नेपाल पर्यटन बोर्ड सधै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । टानका पूर्व अध्यक्ष तथा...