गाउंपालिकामा रहस्यमय आगजनी
"लाखौंको क्षति "

विदुर–नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाको कार्यालयमा रहस्यमय रुपमा आगजनी भएको छ । सदमरकुाम विदुरदेखि २० किलोमिटर पश्चिममा रहेको सो गापाको कार्यालयमा भएको आगलागीबाट  २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । गाउँपालिकाको स्टोर शाखामा विजुली सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरी नायव उपरिक्षक राजेश थापाले आगजनीको घटनाका सम्वन्धमा छानविन भइरहेको जानकारी दिए । आगलातीबाट दुई आर्थिक वर्षको सम्पूर्ण सरकारी आगजात,...

अवैध रुपमा वालुवा झिक्ने ट्रिपर नियन्त्रणमा

विदुर–लकडाउनको मौका छोपेर खोलावाट अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेका छन् । सदरमुकाम विदुरदेखि २० किलोमिटर पुर्वमा रहेको पञ्चकन्या गाँउपालिका वडा नं. २ कविलासस्थित नयाँपुलमुनी अवैध रुपमा वालुवा झिकिरहेको अवस्थामा प्रहरीले एउटा ट्रिपर नियन्त्रणमा लिएको छ । कारवाहीका लागि नियम अनुसार जिल्ला समन्वय समिति नुवाकोट पठाइएको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिए । स्थानीय लिखु खोलामा वालुवा झिकिरहेको अवस्थामा बा५ख...

डा. महतद्वयद्वारा मन्दिर शिलान्यास

विदुर–नुवाकोटको धार्मिक तथा ऐतिहासिक पञ्चकन्या गाउँपालिका–२ कबिलासमा कालिका मन्दिरको निर्माण सुरुवात भएको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको सो मन्दिरको पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महत र पुर्व पराराष्ट्रमन्त्रि तथा नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशशरण महतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । गत २०७२ सालको विनासकारी भुकम्पबाट ध्वस्त भएको मन्दिरको पुननिर्माण परातत्व विमागले गर्न लागेको हो । पुरातत्व बिभागवाट कुल एक करोड...

मन्दिर निर्माण

विदुर–नुवाकोटको बिदुर नगरपालिका–७ तुप्चेको अन्तरेटारमा चण्डेश्वरी मन्दिर स्थापना भएको छ । कुल १० लाख रुपैयाको लगानीमा सो मन्दिर निर्माण गरिएको हो । सो मन्दिरको ३ नं. प्रदेस सभासद तथा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले उद्घाटन गरे । मन्दिर उद्घाटन गर्दै खतिवडाले परम्पराको संरक्षणका लागि सबै धर्मका अनुयायीबीच धार्मिक सदाचार आवश्यक रहेको पनि बताए । सो मन्दिर परिसरमा शिव पञ्चायन, देी, बुद्ध, सरस्वती, राधाकृष्ण र नागको मूर्ति प्रतिस्थापन गरिएको...

प्रदेश ३ को राजधानी नुवाकोट वनाउन माग

विदुर– कुनै समय नेपालकै राजधानी भएको नुवाकोटलाई प्रदेश नं. ३ को प्रादेशिक राजधानी बनाउन नुवाकोटमा दवावमुलक अभियान गरिएको छ । आर्थिक, सामाजिक तथा भौगोलिक रुपमा उपयुक्त नुवाकोटलाई प्रदेशको राजधानी वनाउने अभियान अन्र्तगत वुधवार नुवाकोटमा दवावमुलक कार्यक्रम गरिएको छ । नुवाकोटलाई प्रदेश नं. ३ को राजधानी बनाउनुपर्ने माग राप्रपा संयुक्तले राखेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रदेश नं. ३ को सरकारलाई बुझाइएको ज्ञापनपत्रमा नुवाकोट नै प्रदेश...

कुुखुरासंग मिसिने लौकाट

झट्ट हेर्दा हांस जस्तो देखिने चरा लौकाट हो । निकै महत्व र सम्भावना वोकेको भएपनि नेपालमा यसलाई हत्तपत्त कसैले पनि प्रमुख व्यवसाय वनाएका छैनन् । आफैले आफैलाई लौकाट लौकाट भन्दै नाम काढेर हिड्ने तर वेगले उड्न नसक्ने यसको विशेषता हो । लौकाट अफ्रिकी मूलको चरा हो । नेपालमा लौकाटपालन आकर्षणको रुपमा रहेपनि यसले व्यावसायिक रूप लिन सकेको छैन् । केही भारतीय तथा तराइका व्यापारीहरूले वडादस,ैँ तिहारताका मासुको माग...

सयौं व्राम्हण र दलितको जमरा एकैस्थानमा
"धार्मिक सहिष्णुताले नमूना वनेको गाउं, छुवाछुत नियन्त्रणमा नमूना वन्दै "

विदुर–ग्रामीण समाजमा अझै पनि जातीय छुवाछुत र भेदभाव हुने गरेको पाइए पनि नुवाकोटमा भने एउटा गाउंमा धार्मिक सहिष्णुताको नमूना वन्दै गएको छ । उंचो तथा निंचो जातको भेदभाव नभई सवै मिलेर एकै स्थानमा धार्मिक कार्य गरिदा देशमा मात्र नभई अन्यत्रसमेत चर्चा र महत्वको विषय वन्दै गएको छ । नुवाकोटको ऐतिहासिक वेलकोटगढीमा यस वर्ष वडादशैंको लागि व्राम्हण र दलित समुदायको जमरा एकैस्थानमा राखिएको छ । सदियौंदेखिको दलित र...

क्यारेमवोर्ड खेलाए जरिवाना

विदुर– नेपालका मुख्य चाडपर्वलाई लक्ष्यित गर्दै गाउंको सिंहदरवारको रुपमा रहेको स्थानीय तहले पनि बिभिन्न निर्णयहरु गरेको छ । नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाँउपालिका वडा नं. २ ले नजिकिँदै गरेको वडादशैं तथा तिहारलाई लक्ष्यित गरेर सामाजिक निर्णयहरु गरेको छ । किस्पाङ–२ का वडाध्यक्ष देवनाथ भट्टको अध्यक्षतामा बसेको बैठकले सो वडा क्षेत्रभित्र लगाइएका र उम्रिएको गाँजाका बोटहरु नष्ट गर्नुका साथै बेलुका ८ बजेपछि होटलहरु बन्द गराउने निर्णय गरेको...

हेर्दा राम्रो वन कुखुरो

विदुर–वन कुखुरो एक आकर्षक जंगली चरा हो । यो कुखुराकै एक प्रजाती हो । जंगलमा रहने भएका कारण नेपाली भाषामा यसलाई वन कुखुरो भनिन्छ । देश तथा समुदाय अनुसार यसलाई फरक÷फरक नामले समेत चिनिन्छ । विश्वका हजारौं चरा प्रजातीमध्ये यो एक अनौठो महत्वपुर्ण चरो हो । यसलाई हरेक मानव समुदायले मन पराउंछन् । जंगलमा विरलै पाइने यस चरा अहिले जलवायु परिवर्तनको शिकारसमेत भइरहेको छ । वन कुखुरो नेपालको...

कपडा वैंकमा सर्वसाधारणको रोजाई

वट्टार–नुवाकोटका उत्साही युवाहरुले सन्चालन गरेको कपडा वैंकमा सर्वसाधारणको रोजाई वढिरहेको छ । विदुर नगरपालिका वडा नं. ४ वट्टारचोकमा युवाहरुले स्थापना गरेको कपडा वैंकमा कपडा लिनका लागि गरिव तथा विपन्न वर्गका व्यक्तिहरुको भीड लागिरहेको छ । गरिवी तथा अभावका कारण लत्ताकपडा खरिद गर्न नसक्ने विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले नुवाकोटको व्यस्त वट्टार वजारमा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई...