आकाशलाई बाको रुपमा चिनाउंदै निर्देशक बोहरा
"नवौ चलचित्र वनाउने तयारी पुरा "

विदुर–पुराना तथा सफल निर्देशक एभरेष्ट सूर्य बोहराले आकाशलाई अव बाको रुपमा चिनाउंदै छन् । उनले यहि चरितार्थ आफ्नो नवौ तथा नयां चलचित्र बा वनाउने तयारी पुरा गरेका छन् । यस वर्षको कुशे औसीको अवसर पारेर उनले यसको कथा तयार पारेका हु्न् । चलचित्रको छायांकन देशमा कोरोनाको महामारी शान्त भएपछि सुरु गरिने उनले वताए । ठुलो महत्वका साथ लिइएको बा आगामी वर्षको कुशे औंशीका दिन प्रर्दशन सुरु गरिने...

श्रमिकको पीडामा लघुचलचित्र मे वन

विदुर–श्रमिकको पीडा बोकेको कथा समेटिएको लघुचलचित्र मे वन सार्वजनिक गरिएको छ । मे डेका अवसरमा मे वन नामको लघुचलचित्र सार्वजनिक भएको हो । विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा श्रमिकहरु परेका छन् । यसै विषयलाई लिएर सन्देशमुलक लघुचलचित्र मे वन बनाइएको हो । मे वन लघुचलचित्रमा दीपज्योति थापा, अनितजंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय छ । यो लघुचलचित्रमा...

चपली हाइटको सिक्वेल सुरु
"दर्शकलाई नयांपन दिने प्रतिवद्धता "

विदुर–सात वर्ष अगाडिको सफल चलचित्र चपली हाइटको दोेश्रो सिक्वेल सुरु भएको छ । नयां विषवस्तुका साथ चपली हाइट ३ लाई फ्लोरमा लगिएको छ । २०६९ सालको सफल ‘चपली हाइट’ को दोश्रो सिक्वेल ‘चपली हाइट–३’ को नुवाकोटका चर्चित निर्माता अर्जुनकुमारकोे निर्माणमा सफल निर्देशक निकेश खड्काले निर्देशन गर्दैछन् । मंगलबार भक्तपुरको कार्यबिनायक मन्दिरमा यस चलचित्रको शुभमुर्हत गरिसंगै छायांकन सुरु भएको छ । निर्माता अर्जुनकुमारले केही समयअघिनै निर्माण घोषणा गरेको यस...

लोपोन्मुख जरायो नांच प्रदर्शन

त्रिशूली– पर्यटकिय हिमाली रसुवाको धुन्चेमा लोप हुंदै गएको जरायो नाच प्रदर्शन गरिएको छ । रसुवाको सदरमुकाम धुन्चेका युवाहरूको सक्रियतामा युवापुस्तामाझ हराउंदै गएको जरायो नाच देखाइएको हो । प्रत्येक दुई वर्षमा प्रदर्शन गरिने जरायोे नांच बिहीबार देखाइएको हो । जीव जनावरलाई मार्न नहुने सन्देश दिँदै नांच प्रदर्शन गर्ने गरिएको स्थानीय वुढापाकाहरुको भनाई छ । यसले लोप हुंदलै गएको संस्कृति र परम्पराको संरक्षण र नेपाल भ्रमण वर्ष २०२० लाई मद्धत...

झिल्टुङमा महाकविको सम्झनामा साहित्य वाचन

देवीघाट– महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा उनको मामा ससुराली गाउं नुवाकोटको झिल्टुङमा साहित्यिक कार्यक्रम गरिएको छ । नेपाली साहित्यका अगुवा महाकवीको १११औँ जन्मजयन्तीको अवसर पारेर वेलकोटगढी नगरपालिका–५ दुइपीपल डवलीमा साहित्यिक चर्चा गरिएको हो । महाकवि देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’ निबन्ध यही क्षेत्रमा लेखेकाले त्यसैको सम्झनामा झिल्टुङमा एक दशकदेखि देवकोटा जयन्ती मनाइँदै आएको छ । उनले नेपाली साहित्यमा पु¥याएको योगदानमाथि देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान र महाकवि देवकोटा साहित्य...

फुट्दै जुट्दै नयां ल्याउंदै
"राजु मास्टर र बल्छी धुर्वे काली वुढीका साथमा नयां अभियान "

विदुर–पछिल्लो समयमा कलाकरितामा हास्य क्षेत्र अभिन्न अंग वन्न सफल भएको छ । हास्य अभिनय वेगर दर्शकहरुलसमेत अन्य क्षेत्र मन पराउन छाडेका छन् । पहिले मनोरन्जन क्षेत्रमा थोरै मात्र हास्यपात्र समावेश गरिने परम्परा रहेकोमा हाल आएर पुरै त्यसको पचिय नै फेरिएको हो । मानौ अव मनोरन्जनका हरेक क्षेत्रमा हास्य चरित्रलाई प्रमुखमा राखिएको छ । यसवाट मौलिकताको रस चाख्ने दर्शकहरु थुप्रै वटुलिएका छन् । हास्य क्षेत्रमा अहिलेको मनोरन्जन क्षेत्र...

नयां गीतमा सक्रिय इन्दिरा

विदुर–डेढ दशकअघि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी आधुनिक गायिका इन्दिरा भट्टराईले आफ्नो नयां गीत सार्वजनिक गरेकी छन् । गायिका इन्दिरा भट्टराईले आफ्नो स्वरमा नयाँ गीत बदनाम बनाउने तिमीले बदनाम हुने म‘को गीतसहितको भिडियो रिलिज गरेकी छिन् । भिडियोमा गायिका इन्दिरा आफैंले मोडलिङ गरेकी छिन् । इन्दिरासँगै यो भिडियोमा इश्वर खड्काको पनि अभिनय छ । सुमन थापामगरले लेखेको यो गीतलाई लक्षु प्रकाश मल्लले संगीत गरेका हुन् । आर्यन बिमलीले...