३२ किसिमका स्वास्थ्य सामग्री वितरण
"सार्वजनिक यातायातमा जोखिम वढ्दै, कोरोना नियन्त्रणका लागि सरसफाई "

विदुर–विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ को नियन्त्रणमा मद्धत पु¥याउने उद्धेश्यले नुवाकोटको ग्रामीण भेगमा ३२ किसिमका स्वास्थ्य सामग्री वितरण गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यमा क्रियाशील कृष्णप्रसाद पनेरु स्मृति प्रतिष्ठानले नुवाकोटको विदुर नगरपालिका वडा नं. १२ चारघरेस्थित स्वास्थ्य चौकीलाई आवस्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो । स्वास्थ्यचौकीका प्रमुख वद्री मैनालीलाई प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद पनेरु, सल्लाहकार लीलानाथ न्यौपानेलगायतले स्थानीयवासीका लागि ३२ प्रकारका स्वास्थ्य सामग्रीहरु...

अस्पतालमा सर्जरी विशेषज्ञ सेवा सुरु
"जर्मनी सहयोगमा स्वास्थ्य सामग्री "

विदुर–सर्वसाधारणको सुविधाका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले विशेषज्ञ उपचार सेवा सन्चालन गरिएको छ । नुवाकोट, रसुवा र धादिङको उत्ररी भेगका वासिन्दाहरुलाई लक्ष्यित गरे  जिल्ला अस्पताल त्रिशूली अस्पतालमा सर्जरी विशेषज्ञ सेवा सुरू गरिएको हो । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले त्रिशूली अस्पतालमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ सेवा उपलब्ध गराउने प्रयत्न स्वरूप तत्कालका लागि सर्जरी विशेषज्ञ सेवा सुरू गरिएको जानकारी दिए । यसवाट विरामीलाई उपचारका लागि...

वक्तृत्वकलामा अनील प्रथम
"कोरोनालाई शिक्षा सिकाइको रुपमा लिनुपर्ने "

विदुर–नुवाकोट जिल्ला अन्तरपालिका मावि स्तरिय वक्तृत्वकला प्रतियोगितामा बेलकोटगढी नगरपालिका–८ जिलिङ्गका अनील दाहाल प्रथम भएका छन् । उनी कल्याणीदेवी मावि जिलिङ्गबाट सहभागि भएका थिए । अनलाईन विधिमार्फत् सञ्चालन भएको प्रतियोगितामा नुवाकोटमा यस अघि सञ्चालन भएको प्रतियोगिताबाट छानिएका १२ जना प्रतिस्पर्धी सहभागी थिए । नुवाकोटका १२ वटै स्थानीय तहमा यस अघि आयोजित वक्तृत्वकलामा उत्कृष्ट भएका एक÷एक जनालाई आयोजकले जिल्ला स्तरिय प्रतियोगितामा सहभागि गराएको हो । प्रतियोगिताको दोश्रोमा लिखु गाउँपालिकाको नारायणदेवी...

वहुप्राविधिक शिक्षालयको स्थलगत अध्ययन
"सिफारिससहित निर्णय "

विदुर–नुवाकोटमा वहुप्राविधि शिक्षालय सन्चालनका लागि स्थलगत अध्ययन गरिएको छ । नुवाकोटका नेता तथा पुर्वमन्त्रि स्व. पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुरमा स्थापना गरिने प्रक्रिया सुरु भएको छ । विदुर नगरपालिका वडा नं. १ विदुरमै रहने बहुप्राविधिक शिक्षालय शिक्षामन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सीटीभीटी)को टोलीले स्थानीय इन्द्रायणीघाटसँगै चौरमा शिक्षालय स्थापनाको निर्णय गर्नेगरी नुवाकोटबाट निर्णय लिएर काठमाडौँ गएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षतामा नेकपा...

वडास्तरवाटै कोरोना नियन्त्रण अभियान
"३२ संक्रमित समुदायका "

विदुर–विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमण वढिरहेको अवस्थामा नुवाकोटमा त्यसको नियन्त्रणका लागि विदुर नगरपालिकामा कोरोना भाइरस रोकथाम र आकस्मिक रूपमा भइपरि आउने समस्या समाधानको लागि वडास्तरीय विभिन्न व्यवस्थापन समितिहरू गठन गरेको छ । विदुर नगरका १३ वटै वडाहरुमा वडाअध्यक्षको अध्यक्षतामा वडास्तरीय कोरोना रोकथाम समिति गठन गरिएको छ । वडाध्यक्षको संयोजनमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक, गैससका प्रतिनिधि र प्रहरीको सदस्यतामा समूह गठन भएको विदुर नगरपालिकाका...

त्रिशूली अस्पतालमा भेन्टिलेटर
"महत्वपूर्ण आवश्यकता पूरा  "

विदुर– वढ्दो कोरोना महामारीकावीच त्यसको नियन्त्रण र उपचारमा प्रभावकारिताका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका लागि एक थान भेन्लिेटर प्राप्त भएो छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको एक थान भेन्टिलेटर अस्पतालमा आइपुगेको छ । बागमती प्रदेश सभाका सदस्य तथा नेकपा मुख्य सचेतक केशवराज पाण्डेको पहलमा उपलब्ध भेन्टिलेटर पाण्डेले त्रिशूली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रेमकुमार राइलाई हस्तान्तरण गरे । भेन्टिलेटर हस्तान्तरण गर्दै सांसद पाण्डेले प्रदेश सरकारको तर्फबाट पनि...

अर्को स्थानीय तहको मान्छे प्रवेशमा कडाई
"गाउं पस्न अनिवार्य पिसिआर परिक्षण "

विदुर–विश्वव्यापी महामारीको रपमा फैलिरहेको नोवेल कोरोना भाइरसका संक्रमितहरु वढिरहेका कारण नुवाकोटको उत्तरी भेगमा रहेको एक स्थानीय तहले अर्को गाउंवाट सर्वसाधारणको आवतजावतमा कडाई गरेको छ । विदुरदेखि २५ किलोमिटर टाढा रहेको पञ्चकन्या गाउँपालिकाले नोवेल कोरोना भाइरस (कोभिड(१९) को महामारी आफ्नो तहमा फैलिन नदिने उद्धेश्यले बाहिरबाट हुने मानिसहरुको आवतजावतमा कडाई गरेको छ । पछिल्लो समय जिल्लाका बिभिन्न स्थानीयतहहरुमा लक्षणसहितका कोरोना सङ्क्रमित देखिन थालेको र राजधानीलगायतका बाहिरी जिल्ला हुँदै नुवाकोट...

पुर्वाधार उपयुक्त भएको शिक्षामन्त्रिलाई ज्ञापन
"विश्वविद्यालयसम्बन्धी विधेयक सङ्घीय संसद्मा "

विदुर– प्रस्तावित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ स्थापनाका लागि नुवाकोटमा अनुकूल पूर्वाधार भएको जनाउँदै शिक्षा मन्त्रालयको ध्यानाकर्षंण गराइएको छ । नुवाकोट सरोकार समाजले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेरै ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष रामशरण प्याकुरेल र महासचिव अनुजकुमार श्रेष्ठसहितको प्रतिनिधिमण्डलले मन्त्री पोखरेललाई सिंहदरबारस्थित कार्यालयमा भेटी नुवाकोटको शैक्षिक, पूर्वाधार र आर्थिक विकासप्रति सरोकार राख्दै सांस्कृतिक तथा प्राकृतिक स्रोतको संरक्षण तथा सम्वद्र्धन र सुशासन कायम गर्ने...

चीनद्वारा स्वास्थ्य सामग्री उपलव्ध
"अक्सिजन विना शल्यक्रिया गर्ने मेशिन अस्पतालमा  "

त्रिशूली –    छिमेकी चीनले सिमावर्ति देशको सिमा जोडिएका जिल्लामा सहयोग गर्ने क्रममा रसुवामा यस वर्ष पांचौ चरणको सहयोग सामग्री उपलव्ध गराएको छ । चीनको जिलोङ काउन्टीले हिमाली रसुवाको लागि पाँचौ पटक सामग्री उपलब्ध गराएको हो । काउन्टीले यसअघि पनि चार चरणमा स्वास्थ्य सामग्री, खाद्य सामग्री तथा नाका व्यवस्थापनका लागि आवश्यक सामग्री प्रदान गरेको थियो । काउन्टीले विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागि एन–९५ मास्क, सर्जिकल...

१२ विद्यार्थी नगदसहित पुरस्कृत
"भारतीय दुतावासको सहयोगमा विद्यालय भवन "

विदुर –  शिक्षा क्षेत्रको विकासमा क्रियाशील यशोदादेवी÷भगवान्सिंह केसी मेमोरियल ट्रस्टद्वारा २०७४ र २०७५ को एसइई परीक्षाका उत्कृष्ट अंक ल्याउनेहरुलाई पुरस्कृत गरेको छ । ट्रष्टले शनिवार विदुरमा कार्यक्रमको आयोजना गरि नुवाकोट र रसुवाका १२ जना उत्कृष्ट विद्यार्थी पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरूमा नुवाकोटका पाँच र रसुवाका सात जना छन् । ट्रस्टका प्रमुख संरक्षक तथा पुर्व शिक्षामन्त्रि अर्जुननरसिंह केसीले उनीहरूलाई जनही  १० हजार रुपैया नगदसहित प्रमाणपत्रद्वारा...