विस्थापित परिवारलाई राहत सामग्री
"किसानहरुलाई तरकारीको विउ, सामुदायिक महिला भवन निर्माण "

विदुर– नुवाकोटको उत्तरी भेगमा रहेको दुर्गम नेगीका विस्थापित भुकम्प पीडितहरुलाई राहत वितरण गरिएको छ  । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको नेगीस्थित पल्साङ ढुङ्गा पांच वर्ष अगाडिको भुकम्पका कारण डगमगिएर जोखिम बढेसँगै विस्थापित हुन पुगेका परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष योविन्द्रसिँह तामाङका अनुसार प्रतिपरिवार १ बोरा चामल, ५ किलोग्राम चिनी, ५ किलोग्राम दाल, ५ किलोग्राम आलु, ५ किलोग्राम गेडागुडी, ३ लिटर तेल, १...

केरुङवाट सामान लिएर आए कन्टेनर

विदुर–नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाकाबाट आयात सुरु भएको छ । चीनको केरुङ नजिकै पहिरो गएर वाटो अवरुद्ध भएको थियो । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भाटेकोशी नदी किनारामा रहेको रसुवागढी–केरुङ सडक खण्ड अन्तर्गत ठोङ्सा मुनि रहेको घुम्तीमा पहिरो गएपछि गत साउन ३२ गतेदेखि रसुवागढी नाकामा आयात रोकिएको थियो ।  पहिरो पन्छाउने काम सकिएसँगै शुक्रबार केरुङबाट सामग्री लिएर नाकासम्म आएका छन् । रसुवागढी नाका सञ्चालनमा आएको भएपनि...

भन्सारको राजश्व संकलनमा कमी
"मासिक लक्ष्यको ३५ प्रतिशत मात्र असुली "

त्रिशूली – नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढीस्थित भन्सार कार्यालयले लक्ष्यको तुलनामा गत साउनमा कम राजश्व संकलन गरेको छ । टिमुरेस्थित रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा निकै कम राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनामा सो कार्यालयले कुल २३ करोड ५६ लाख ९८ हजार मात्र संकलन भएको छ । सो कार्यालयले साउन महिनामा ६८ करोड १० लाख ६५ हजार...

नदीजन्य सामग्री उत्खनन् गर्ने साधन कारवाहीमा
"चारलाख १५ हजार जरिवाना संकलन "

विदुर– सार्वजनिक नियम र नीति विपरित नुवाकोटमा अवैध रुपमा नदीजन्य सामग्रीको उत्खनन् कार्य  नियन्त्रण अभियान प्रहरीले सन्चालन गरेको छ । प्रहरीद्वारा  अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसार प्रसारमा संलग्न उपकरण तथा साधन कारबाहीमा परेका छन् । नदीजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गर्ने ट्रिपर र स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकाटले जनाएको छ । नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अविनारायण काफ्लेले ...

प्रकोप पीडितलाई नपाको राहत
"खाद्य सामग्री कम परिक्षण "

विदुर–नुवाकोटको तीन दशक पुरानो विदुर नगरपालिकाले बिपदमा परी पूर्णरुपमा घर क्षति भएकाहरुलाई राहत स्वरूप एक लाख रुपैया दिने निर्णय गरेको छ । नगरपालिकाको विदुरमा बसेको नगर कार्यपालिकाको पुर्ण बैठकबाट नगरपालिकाको क्षेत्रभित्र विभिन्न प्राकृतिक प्रकोप तथा वाढी पहिरोवाट घर क्षति हुनेहरुलाई राहत दिने निर्णय गरेको हो । नपाले प्राकृतिक बिपद् बाढी, पहिरो, आगजनी, चट्याङ, हुरीबतास तथा जङ्गली जनावरको कारणले क्षति भएमा नगर बिपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरूप...

राजश्व संकलनमा वढोत्तरी
"सबैभन्दा बढी जिल्ला प्रशासन कार्यालयबाट राजश्व संकलन "

विदुर– बिश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनको अबधिमा समेत नुवाकोटमा राजश्व संकलनमा वढोत्तरी भएको छ । सो अवधिमा आर्थिक गतिविधि कम भए पनि नुवाकोटमा राजश्व संकलनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷०७७ को अन्त्यमा भएको लकडाउनको कारण राजश्व घट्ने अनुमान गरिए पनि करको दायरा फराकिलो भएकोले राजश्व संकलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयको अनुसार...

रसुवागढी नाका ६ महिनापछि पुनः सन्चालन
"सामानको जांचपास "

त्रिशूली – नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका झण्डै ६ महिनापछि पुनः सन्चालन भएको छ । लामो समयदेखि वन्द रसुवागढी नाका खुलेसंगै उद्योगीव्यवसायी निकै खुसी भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)का कारण गत २०७६ साल माघ १५ गतेदेखि वन्द रसुवागढी नाका नेपाल र चीन सरकारको व्यापारिक सहमतिपछि पुनः सन्चालन भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । प्रमुख भन्सार अधिकृत...

पांच वर्षमा नवनेपछि सडकमै रोपियो धान
"कालोपत्रे गर्न दवावमुलक अभियान "

विदुर – काठमाडौवाट नुवाकोट प्रवेशका लागि सवैभन्दा पुरानो र पर्यटकिय पासाङल्हामु मार्गको पुर्ननिर्माण सुरु भएको पांच वर्षमा समेत काम पुरा भएको छैन ।  काम सुरु भएपछि सम्पन्न नहुनुको मुल विषय त छदैछ, पहिले पक्कि वाटो पुर्ननिर्माणको वहानामा भत्काइएको छ । सर्वसाधारणले लामो समयदेखि सो सडक झनै जीर्ण भएको र यात्रुहरु असुरक्षित रहेको कारण आक्रोशित हुनुका साथै विरोधका विभिन्न अभियानहरु सन्चालन गरिरहेका छन् । ६ दशक पुरानो पासाङल्हामु मार्गको...

किसानलाई फलफुल र काष्ठजन्य विरुवा निःशुल्क प्रदान
"किसानलाई प्लाष्टिक टनेल  "

विदुर – किसानहरुलाई फलफुल खेति तथा वनजंगल संरक्षणमा रुचि जगाउने उद्देश्यले नुवाकोटमा किसानहरुलाई फलफुल तथा काष्ठन्य विरुवा निःशुल्क वितरण गरिएको छ । डिभिजन वन कार्यालय नुवाकोटमार्फत २० हजार विभिन्न किसिमका फलफुलसहित ९५ हजार विभिन्न प्रजातीका विरुवा निःशुल्क वितरण गरिएको हो  । सरकारले चालु आर्थिक वर्षलाई राष्ट्रिय वृक्षरोपण दिवस मनाउने निर्णय गरे अनुरुप नुवाकोटमा किसान जागरण कार्यक्रम अन्र्तगत निःशुल्क फलफुल तथा काष्ठन्य बिरुवाहरु वितरण भइरहेको छ । किसानहरुलाई...

गाउंपालिकाको वांदर नियन्त्रण अभियान
"१० थान वन्दुक परिचालन "

विदुर –  जंगली जनावर वांदरले किसानहरुलाई निकै दुःख दिएपछि नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्या गाउंपालिकाले वांदर नियन्त्रण अभियान सन्चालन गरेको छ । किसानहरुलार्य सहयोग पु¥याउन पञ्चकन्या गाउँपालिका वांदर आतङ्कलाई नियन्त्रण गर्ने अभियानमा जुटेको हो । बजेट निर्माणको क्रममा योजना छनौट गर्नलाई वडा भेला हुदा स्थानीयहरुले वादर आतङ्क नियन्त्रण गर्नुपर्ने माग राखेका थिए । सोही मागलाई संवोधन गर्दै गाउँपालिकाले तत्काललाई १० थान बन्दुक खरिद गरी वादर आतङ्कलाई नियन्त्रण...