गेसाइकुण्ड आवतजावतमा सुविधा, सेनाद्वारा वाटो मर्मत
"सुत्केरीलाई अण्डा र नगद "

त्रिशूली – सेनाले वाटो मर्मत गरिदिएपछि प्रसिद्ध पर्यटकिय गोसाइकुण्ड जान सहज भएको छ । वाटो मर्मतका साथै वार निर्माण गरेपछि रसुवाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड आवतजावत गर्न सहज भएको हो । रसुवामा तैनाथ नेपाली सेनाको कालीजंग गणले गोसाइकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको अप्ठ्यारो भीरको बाटोमा रेलिङबार निर्माण गरेपछि पदयात्रामा सहज भएको हो । नेपाली सेनाको सैनिक नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत गोसाइँकुण्ड मार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको २...

करेण्ट लागेर चालकको ज्यान गयो

त्रिशूली–करेण्ट लागेर रसुवामा सोमवार एक चालकको ज्यान गएको छ । स्काभेटरलाई विद्युुत् तारले छुँदा करेन्ट लागेर त्यसका  चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पासाङल्हामु सडक मार्गमा रहेको गोसाईकुण्ड गाउंपालिका–६ खोपाङभिर स्थित धुन्चेबाट स्याफ्रूवेशीतर्फ जाँदै गरेको ना६ख ६४७५ नम्बरको टेलरमा स्काभेटर राखि लैजाने क्रममा अचानक टेलरको टायर पन्चर भई टेलरमा भएको स्काभेटरमा चढेर स्काभेटरको नट लुज भई नट टाईट गर्ने क्रममा बिजुली पोलको तारमा...

दुई सातादेखि त्रिदेशीय मार्ग अवरुद्ध

त्रिशूली – नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका पहिराका कारण वन्द भएको छ । त्रिदेशीय मार्गका रुपमा रहेको रक्सौल–गल्छी–त्रिशूली–रसुवागढी–केरुङ सडकमार्ग पहिराका कारण दुई सातादेखि अवरुद्ध भएको छ । चीनतर्फ गएको पहिरोको कारण रसुवागढी नाकामा १० दिनदेखि सामान आएको छैन भने कारोवार बन्द भएको छ । चीनको केरुङ नजिकै ठोङ्सामुनिको घुम्तीमा पहिरो गएपछि गएको गत १२ दिनदेखि रसुवागढी नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरो...

कन्ट्रयाक ट्रेसिङ गरेकाहरुको नेगेटिभ
"चिनीयाद्वारा पिसिआर रिपोर्ट माग "

त्रिशूली – विश्वव्यापी माहमारीको रपमा फैलिरहेको नावेल कोरोना कोभिड–१९ का संक्रमित वढिरहेका कारण नुवाकोटको छिमेकी रसुवामा कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूमा कोरोना नरहेको पुष्टि भएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमण देखिएका १७ जनाको सम्पर्कमा आएकाहरूको कन्टयाक ट्रेसिङ गरेर स्वाव संकलन गरेर प्रयोगशाला पठाइएको थियो । रिपोर्ट आएकाहरूमा कोरोना सरेको नदेखिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । स्याफ्रुबेसीका १५, धुन्चेका ९ र जीवजीवेका १९ जनाको रिर्पोट आएकोमा सबै जनाको...

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पताल सिल
"सेवाग्राहीलाई सेल्फ क्वारेन्टाइन "

त्रिशूली – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको कारण रसुवाको जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै सो अस्पतालको ओपिडी र वार्डहरू सिल गरिएको छ । आइतबार २७ वर्षीय महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो । उनलाई त्यही रहेको आइसोलेसनमा राखिएको छ । अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनी एक महिनादेखि उक्त अस्पतालमा नै कार्यरत थिइन् । गत साउन २५ गतेदेखि भदौ ६...

संक्रमणमुक्त रसुवामा लगातार संक्रमित
"कर्मचारीमा कोरोना, १२ जना उपचारपछि घर फर्किए "

त्रिशूली-नोवेल कोरोना संक्रमणमुक्त भइसकेको रसुवामा लगातार नयां संक्रमित देखा परेका छन् । नुवाकोटको छिमेकी हिमाली रसुवामा फेरी कोरोनाको नयाँ संक्रमित फेला परेका हुन् । रसुवाका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि चितवन गएर कार्यालय फर्किएका उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । स्याफ्रु–रसुवागढी सडक अवरुद्ध भएका कारण उनी कार्यालय पुगेका थिएनन् । उनी स्याफ्रुवेशीमा रहेको एक होटेलमा बसेका थिए । उनी बसेको होटल...

यात्रु ओसारपसार नगर्न निर्देशन
"एक जना संक्रमित उपचाररत "

त्रिशूली – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना कोभिड–१९ भाइरसका संक्रमितहरु वढिरहेका कारण नुवाकोटको छिमेकी रसुवामा सञ्चालन भइरहेका सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने भएका छन् । अत्यावस्यक सेवाका सवारी साधनमा सम्बन्धित व्यक्ति बाहेक अरु व्यक्ति यात्रु ओसारपसार गरेको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट गठित संयुक्त अनुगमन टोलीको धुन्चेमा बसेको बैठकले सम्बन्धित व्यक्ति बाहेक अन्य राखेमा कारबाही...

संक्रमणमुक्त रसुवामा लगातार थपिए संक्रमित
"१२ जना उपचारपछि घर फर्किए "

त्रिशूली – नोवेल कोरोना संक्रमणमुक्त भइसकेको रसुवामा लगातार नयां संक्रमित देखा परेका छन् । नुवाकोटको छिमेकी हिमाली रसुवामा फेरी कोरोनाको नयाँ संक्रमित फेला परेका हुन् । दक्षिणी भेगमा रहेको उत्तरगया गाउँपालिकाका ३७ वर्षिय एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनी १५ दिन अगाडि कतारमा आएर क्वारेण्टाइनमा वसिरहेका थिए । उनलाई स्थानीय तहले तयार गरेको क्वारेण्टाइनमा राखेर उपचार भइराखेको छ । उत्तरगयाकै संक्रमित २३ वर्षीय एक पूरुष भने...

संक्रमणमुक्त रसुवामा फेरी देखियो कोरोना
"११ जना संक्रमित निको "

त्रिशूली–संक्रमणमुक्त भइसकेको रसुवामा पुनः नयां संक्रमित देखा परेका छन् । नुवाकोटको छिमेकी हिमाली रसुवामा कोरोनाको नयाँ संक्रमित फेला परेका छन् दक्षिणी भेगमा रहेको उत्तरगया गाउँपालिकाका २३ वर्षीय एक रुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य कार्यालय रसुवाका अनुसार उनी भारतबाट आएर भुवनेस्वरी क्वारेन्टाइनमा बसिरहेका थिए । यसअघि फेला परेका ११ जना संक्रमित यहि साउन २ गते पांच गाउंपालिका रहेको रसुवाका सबै  संक्रमित निको भएपछि रसुवा कोरोना मुक्त...

गोसाइँकुण्ड मेला प्रभावित
"कुण्डमा आठहजार भेटी संकलन "

त्रिशूली -विश्वव्यापी महामारीको रुपमा फैलिएको फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमका कारण यस वर्ष गोसाइँकुण्ड मेला प्रभावित भएको छ । औपचारिक रुपमा मेलाको आयोजना नगरिए पनि तीर्थालुहरु गोसाइकुण्ड पुगेका थिए । जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइकुण्ड मेलामा हरेक वर्ष १० हजार भन्दा बढी तीर्थयात्रीले मेला भर्दै आएकोमा यस वर्ष मेला औपचारिक रुपमा आयोजना गरिएको थिएन् । मेला पभावित भएपछि गोसाइकुण्डमा सनान गर्न निकै कम तीर्थालु गएका...