वृद्धा वन्दी रिहा

विदुर–संविधान दिवसका अवसरमा नुवाकोटमा वन्दी वृद्धा रिहा भएकी छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसंगै शनिवार नुवाकोट जिल्ला कारागारवाट ति वृद्धा वन्दी रिहा भएका हुन् । संविधान दिवसको अवसरमा सरकाले विभिन्न कारागारवाट कैदीवन्दी रिहा गर्न कारागार प्रशसनले गरेको सिफारिसलाई छानविन गरेर सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैदीवन्दी रिहा गरेसंगै नुवाकोटवाट पनि एक महिला रिहा भएको कागारगार कार्यालय नुवाकोटले जनाएको छ ।...

६ महिनापछि पुर्ववत व्यवसाय सन्चालन, सामाजिक दुरी र स्वास्थ्य सुरक्षा शर्त
"मोवाइल चार्जको सुविधा "

विदुर– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नुवाकोटमा ६ महिनापछि सवै क्षेत्र सुचारु भएको छ । नुवाकोटभित्र सार्वजनिक यातायातका साधन, होटेल तथा रेष्टुरेन्टहरु विहीवारदेखि पुर्ववत सञ्चालनमा आएको छ । जिल्ला प्रशासनको कार्यालय नुवाकोटले जारी गरेको सूचना अनुसार सार्वजनिक यातायातमा चालकसहित सिट क्षमताको वढीमा ५० प्रतिशत यात्रु तथा एकतर्फको सिटमा सामाजिक दुरी कायम हुने गरी १ जना मात्रै राख्ने गरी सवारी साधन सञ्चालन ल्याइने निर्णय गरेको...

पहिरो प्रभावितलाई खाद्य सामग्री
"क्षति पुगेकालाई प्रदेशको सहयोग "

विदुर–  दुर्गम भेगमा रहेको नुवाकोटको सिसिपुका पहिरो पीडितहरुलाई खाद्य तथा राहत सामग्री वितरण गरिएको छ । विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीस्थित सिसिपुको पहिरो प्रभाबितहरुलाई एक सहयोगी संस्थाले खाद्य सामग्री बितरण गरेको छ । पहिरो प्रभावितहरुका लागि आधार डेभलपमेन्ट संस्थाले उपलब्ध गराएको राहत सामग्रीहरु प्रमुख जिल्ला अधिकारी ढकालले स्थानीय तथा गाउँपालिकाका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका हुन् ।    सिसिपुका एकसय ९५ घरपरिवारलाई प्रतिपरिवार...

ट्रिपर नियन्त्रणमा लिएर कारवाही
"सवा चार लाख राजश्व संकलन, विप्लव कार्यकर्ता तारेखमा रिहा "

विदुर– अवैध रुपमा नदीजन्य सामग्रीको उत्खनन र ओासारपसार गरिरहेका ट्रिपरलाई नुवाकोटमा प्रहरीले नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएर कारवाही गरेको हो । त्रिशूली नदी किनारस्थित बेलकोटगढी नगरपालिका–७ मकैघारीमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको क्रममा सात थान ट्रिपर र तीन थान  मिनीट्रकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा...

सामाजिक क्लवलाई सरसफाई सामग्री, मन्दिरको सिलान्यास

विदुर– युवाहरुलाई सामाजिक काममा सक्रिय गराउने उद्धेश्यले नुवाकोटको एक सामाजिक कलवलाई सरसफाई सामग्री प्रदान गरिएको छ । विदुर नगरपालिका वडा नं. १ स्थित त्रिशूली सामाजिक क्लवलाई  वडाध्यक्ष लेनिन रञ्जितले सरसफाई सामाग्रीहरु उपलब्ध गराएका हुन् । त्यस क्रममा क्लव र स्थानीयवासीको सक्रियतामा त्रिशूली बजारको सरसफाई समेत गरिएको छ । त्रिशूली सामाजिक क्लब र त्रिशूली बजारका स्थानीय युवाहरुको नेतृत्वमा कोभिड १९ कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको क्लवका...

गेसाइकुण्ड आवतजावतमा सुविधा, सेनाद्वारा वाटो मर्मत
"सुत्केरीलाई अण्डा र नगद "

त्रिशूली – सेनाले वाटो मर्मत गरिदिएपछि प्रसिद्ध पर्यटकिय गोसाइकुण्ड जान सहज भएको छ । वाटो मर्मतका साथै वार निर्माण गरेपछि रसुवाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड आवतजावत गर्न सहज भएको हो । रसुवामा तैनाथ नेपाली सेनाको कालीजंग गणले गोसाइकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको अप्ठ्यारो भीरको बाटोमा रेलिङबार निर्माण गरेपछि पदयात्रामा सहज भएको हो । नेपाली सेनाको सैनिक नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत गोसाइँकुण्ड मार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको २...

हराइरहेकी महिला मृत भेटिइन, स्थानीय तहवाटै प्रहरीको उजुरी
"लडेर प्रहरीको ज्यान गयो "

विदुर– घरवाट हराइरहेकी नुवाकोटको जफतीकी एक महिला नहरमा डुवेर मृत अवस्थामा फेला परेकी छन् । विदुर नगरपालिका वडा नं. ९ जफतीकी वृद्धा द्धरदेखि नजिकैको नहरमा तीनज दिनपछि मृत अवस्थामा फेला परेकी हुन् । गत भदौ ३१ गते राती ९ बजे घरबाट हराइरहेकी ६५ वर्षिया कान्छी मिजारको शव त्रिशूली जलविद्युत गृहका लागि पानी ल्याइएको नहरमा डुवेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको शव नुवाकोट...

गांजा नियन्त्रण अभियान
"स्काभेटर आगजनीको अभियोगमा पक्राउ "

विदुर– विश्वव्यापी रुपमा फैलिरहेको नावेल कोरोना नामक महामारीको मौका छोपेर नुवाकोटमा अबैध लागूऔषध गाँजाको कारोवार वढिरहेको उजुरीपछि नुवाकोटमा प्रहरीले गांजा फडानी अभियान सन्चालन गरेको छ । एक सातादेखि नुवाकोट प्रहरीले सो अभियान सन्चालन गरिरहेको छ । नेपालका केहि संघीय सांसदहरुले गांजालाई खुल्ला गरिनु पर्दछ भन्ने माग गरिरहेका वेला नुवाकोट प्रहरीले स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा युवा क्लवसंगको सहकार्यमो गांजा फडानी गरी आगो लगाएर नष्ट गरेको हो ।...

कोरोना संक्रमित हाइप्रोफाइल निको
"रसुवागढीका कामदारमा कोरोना संक्रमण "

विदुर– कोभिड–१९ को संक्रमण भएका नुवाकोटका हाइप्रोफाइल व्यक्तिहरु निको भएका छन् । कोभिड–१९ अर्थात् नोबेल कोरोना भइरसबाट संक्रमित भई आफ्नो पहिचान खुलाएका नुवाकोटका सबै व्यक्तिहरु संक्रमण मुक्त भएका छन् । आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा जानकारी गराएका जनप्रतिनिधि तथ राजनीतिक दलका कार्यकर्ता तथा नेताहरु कोरोना संक्रमण मुक्त भएका हुन् । बागमती प्रदेश सभाकी  उपसभामुख राधिका तामाङ र उनका नौं वर्षिया छोरा, नेकपा किस्पाङका अध्यक्ष तथा...

संक्रमण नियन्त्रणमा प्रशासनको सेवा कटौती
"उपसभामुखकी स्वकिय सचिवलाई कोरोना "

विदुर–विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना कोभिड–१९ भाइरसको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आफ्नो सेवा कटौती गरेको छ । संक्रमण नियन्त्रणका लागि सेवा प्रवाहको समय कटौती गरेको सो कार्यालयले जनाएको छ । जिल्ला प्रशासनले कार्यालय समयमा आउने सबै सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिरहेकोमा आगामी आइतबारबाट जिल्लाका एक स्थानीय तहका नागरिकलाई हप्तामा दुई दिनमात्र सेवा प्रदान गर्ने भएको छ । विदुर र वेलकोटगढी नगरपालिका र १० गापासहित...