महिला भवनका लागि सामूहिक रोपाई
" ७ रोपनी खेतमा रोपाई "

विदुर–हिंसा पीडित महिला उत्थान समूहले नुवाकोटमा भवन निर्माणको लागी सामूहिक रोपाई गरेको छ । लिखु गाउपालिका वडा नं १ (साबिक खानीगाउ ८) मा निर्माण हुन लागेको भवन निर्माणका लागि कुल ७ रोपनी खेतमा गरेको रोपाई देखि धान भित्रउदा सम्मको खर्च कटाएर बांकी फलेको धान बेचबिखन गरि आएको रकमले भवन निर्माण गर्न लागेको हो । महिला उत्थानले निर्माण गर्न लागेको भवनलाई सहयोग गर्ने उदेश्यले रोपाई गरेको उत्थान समूहकी...

किसानलाई घांसको विरुवा वितरण
"हिमाली भेगमा कालिज पालन "

विदुर–    नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिकाका कृषकलाई निःशुल्क घाँसको विरुवा वितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा नमूना कृषक तथा पशुपालकलाई उन्नत जातको घासको बेर्ना वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय सेराबगरमा ६५ जना कृषकलाई उन्नत जातको घाँसको बिरुवा वितरण गरिएको हो । कृषकलाई ५ हजार संख्यामा पोलि ब्याग डाले घाँस वितरण गरिएको हो । त्यस्तै भुइँ घाँस भने ६ हजार ६ सयको संख्यामा वितरण...

किसानलाई वोका र मिनिट्रिलर
"गाउंमा कृषि सडक "

विदुर–नुवाकोटको पर्यटकिय ककनीका किसानलाई वोका वितरण गरिएको छ । ककनी गाउपालिकाले शत प्रतिसत अनुदानमा कृषकहरुलाइ बोयर जातको बोका बितरण गरिएको हो । गाउपालिकाको वडाहरुमा रहेका कृसक समूह तथा सहकारीहरुलाई १७ वटा बोयर जातको बोका बितरण गरिएको हो । उन्नत जातको बाख्रापालन कार्यलाइ प्रोत्साहन गर्न र मासुमा गाउपालिकालाई आत्मनिर्भर बनाउने मुख्य उद्धेश्य अनुसार किसानलाई प्रोत्साहन गरिएका् गाउंपालिकाले जनाएको छ । यस्तै गाउपालिकाले किसानहरुलार्य ५० प्रतिसत अनुदानमा मिनिटिलर बितरण गरेको...

तरकारी र फलफुल ल्याउन रोक
"स्थानीयरूपमै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने "

विदुर–विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमासमेत परेको कारण त्यसको नियन्त्रणको लागि नुवाकोटमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम रहेको कारण वाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाइएको हो । आयातमा रोक लगाएसँगै नुवाकोट भित्रने विभिन्न नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोट प्रवेश गर्ने पासाङल्हामु मार्गको त्रिशूली–ककनी,...

कृषि तथा पशुजन्य सामग्री आयातमा रोक

त्रिशूली-रसुवामा कृषि उत्पादन र पशुजन्य वस्तु बाहिरी जिल्लाबाट ल्याउन नपाइने निर्णय भएको छ । सदरमुकाम धुन्चेमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले कृषि उत्पादन र पशुजन्य वस्तु बाहिरी जिल्लाबाट ल्याउन नपाइने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिन उक्त निर्णय गरिएको जिल्ला विपद व्यवस्थापन समिति रसुवाले जनाएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणलाई ध्यानमा राखी जिल्ला बाहिरबाट जिल्लाभित्र ढुवानी हुने मासुजन्य पशुपंछी, तरकारी...

असिनापानीले तरकारी तथा खाद्यान्न वाली नोक्सान
"प्राविधिक कार्यदल बनाएर किसानलाई सेवा "

विदुर– हावाहुरीसँगै परेको असिनापानीले नुवाकोटमा लाखौंको बाली नष्ट भएको छ । एक साता अगाडिदेखि नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोट, मदानपुरलगायत १० भन्दा वढि स्थानमा असिनापानी परेको छ । लगातारको असिनापानीले वारी तथा खेतमा उत्पादन भएका लाखौं मुल्यका तरकारी तथा खाद्यान्न वाली नष्ट गरेको बेलकोटगढी वडा नं. ११ का वडाध्यक्ष रामहरि पाण्डेले बताए  । लकडाउनले समस्या परेका किसानलाई असिना परेपछि झनै पीडा थपिदिएको छ । असिनापानीबाट अन्नबालिमा मकै, गहुँ...

तरकारी संकलनमा आलोपालो

त्रिशूली–रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा तरकारी संकलनका लागि आलोपालो प्रणाली लागू गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि जीवजीवेमा रहेको तरकारी संकलन केन्द्रले आलोपालो प्रणाली लागू गरेको हो । लकडाउनका कारण तरकारीको खपत घटेपछि पालैपालो तरकारी लिन थालिएको सञ्चालक खिलनाथ पौडेलले बताए । लकडाउनको समयमा तरकारी खपत अत्यन्तै न्यून भएको उनको भनाई छ । ‘केही समय अघि आएको काउली बिक्री हुन नसकेपछि...

तीन गापामा सहकारी वजार कार्यक्रम

विदुर–काठमाडौंसँग सीमाना जोडिएको नुवाकोटको तीन गाउंपालिकाका सहकारीसंग सम्वन्धित कार्यक्रम सुरु भएको छ । सो कार्यक्रम पुर्वी भेगमा तीन गापामा सन्चालन भइरहेका छन् । सो कार्यक्रम नुवाकोटसहित ६ जिल्लामा भइरहेको छ । युएनडिपीको सहयोगमा सहकारी मन्त्रालयले नुवाकोटसहित ६ जिल्लामा सहकारी बजार विकास कार्यक्रम सुरु गरेको हो । नुवाकोटको वेलकोटगढी नपा तथा ककनी र शिवपुरी गापामा सो कार्यक्रम सन्चालन भइरहेको छ । नुवाकोटसहित ललितपुर, काभ्रे, धादिङ, मकवानपुर र चितवन जिल्लामा...

विषादी जथाभावी विक्रि, किसान मर्कामा
" बिषादी अनुगमन नियन्त्रणमा "

विदुर–नगदे वालीका रुपमा रहेको आलुमा छर्कने बिषादी नुवाकोटमा जथाभावी रुपमा विक्रिवितरण हुने गरेको रहस्य खुलेको छ । आलुमा छर्कने बिषादी जथाभावी बिक्रि गर्ने, खाद्यान्न सामाग्री बितरण गर्ने पसलले बिषादी बिक्रि गर्ने गरेको गुनासो स्थानीयबाटै आएपछि नुवाकोटको पुर्वी भेगमा रहेको लिखु गाउपालिकाले कारवाहीको सक्रियता देखाएको छ । लिखु गापाको अनुगमन समिती र जिल्ला प्रशासन कार्यालय नुवाकोटले संयुक्त रुपमा नुवाकोटको लिखु गाउपालिकामा यस सम्वन्धि अनुगमन गर्दा सो रहस्य खुलेको...

एकसय ८७ परिवार प्रभावित
"१६ लाख ७१ हजार १ सय ३२ रुपैयाँ राहत "

त्रिशूली–रसुवामा वन्यजन्तुका कारण एक सय वढि परिवार पीडित भएका छन् । १० महिनाको अवधिमा १ सय ८७ घरपरिवार प्रभावित भएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुले क्षति पु¥याउने क्रम बढ्दै गएपछि सवैसाधारण त्रसित भएका छन् ।  पछिल्लो समय वन्यजन्तुले मान्छेलाई आक्रमण गर्ने, घरपालुवा पशुलाई मार्ने तथा अन्नबाली खाएर हैरान बनाउन थालेपछि स्थानीय चिन्तित भएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार पछिल्लो १० महिनामा मात्र १ सय ८७ परिवार...