विदुर–संविधान दिवसका अवसरमा नुवाकोटमा वन्दी वृद्धा रिहा भएकी छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसंगै शनिवार नुवाकोट जिल्ला कारागारवाट ति वृद्धा वन्दी रिहा भएका हुन् ।
संविधान दिवसको अवसरमा सरकाले विभिन्न कारागारवाट कैदीवन्दी रिहा गर्न कारागार प्रशसनले गरेको सिफारिसलाई छानविन गरेर सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैदीवन्दी रिहा गरेसंगै नुवाकोटवाट पनि एक महिला रिहा भएको कागारगार कार्यालय नुवाकोटले जनाएको छ । जिउंदो वच्चा फालेको कारण अदालतवाट चार वर्षको कैद सजाय तोकिएकी नुवाकोटको तारकेश्वर गाउंपालिका वडा नं. ६ की ५५ वर्षिया कान्छी श्रेष्ठ वांकी कैद मिनाह भएर रिहा भएको कारागार कार्यालय नुवाकोटका प्रमुख दुर्गाप्रसाद वाग्लेले जानकारी दिए ।
उनले हालसम्म अदालतले फैसलामा तोके अनुसार दुई वर्ष सात महिना १५ दिन अर्थात् ६५ दशमलव ४१ प्रतिशत कैद भुक्तान गरिसकेकी छन् । उनले भुक्तान गर्न वांकी एक वर्ष चार महिना १५ दिन अर्थात् ३४ दशमलव ५९ प्रतिशत कैद सरकारले माफी दिएका कारण रिहा भएको जेलर वाग्लेले वताए ।
सरकारले नुवाकोट जिल्ला कारगारसहित केन्द्रीय कारागार, डिल्लीबजार करागार, नख्खुसहित देशका विभिन्न कारागारबाट कैदीहरुको बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । बलात्कार, भ्रष्टाचार, राज्य विरुद्धको अपराधलगायत आधा दर्जन कसुरमा दोषी ठहरिएका बन्दीलाई कैद मिनाहा गर्न नपाइने व्यवस्था कारागार व्यवस्था ऐन २०२०मा उल्लेख गरिएको छ ।
ति वाहेकका मुद्धामा दोषी ठहर गरि ४० प्रतिशत भन्दा वढि कैद भुक्तान गरिसकेकाहरुलाई वांकी कैद मिनाहा गरि सरकारले वांकी कैद माफी दिएको हो । सरकारले संविधान दिवसका साथै गणतन्त्र दिवस, फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पनि कैदीबन्दीहरुको सजाय मिनाहा गर्दै आएको छ ।
विभिन्न अपराध अभियोगमा अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेकामध्ये ’नेगेटिभ लिस्ट’मा नपरेका कैदी बन्दीलाई रिहा गरिएको हो । विदुर नगरपालिका वडा नं. १ ढुंगेमा रहेको नुवाकोट जिल्ला कारागारमा १६ महिला तथा एकसय ४० जना पुरुष कैदीवन्दीहरु रहेका छन् ।
कोरोना विमा रकमवाट थपेर कोष स्थापना
कोरोना संक्रमण भएर उपचारपछि निको भएका नुवाकोटका एक जना युवा उद्यमीले आफुले पाएको विमा रकममा शतप्रतिशत रकम थपेर कोष स्थापना गरेका छन् । किस्पाङ गाउंपालिकाको काहुलेका युवा उद्यमी, सहकारीकर्मी, शिक्षासेवी वीरबल तमाङले कोरोना बीमाको रकममा एक लाख रुपैया थपेर दुई लाखको कोष स्थापना गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेर कोरोना मुक्त भएका तमाङले आफूले बीमा बापत पाएको रकममा थप एक लाख थपेर दुई लाखको कोष स्थापना गरेर गरिब र निम्न आयस्तर भएकाहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताए । नेकपा किस्पाङ गाउ संगठन कमिटीका अध्यक्ष समेत रहेका ३७ वर्षिय तामाङ कोरोनामुक्त भएपछि कोष स्थापना गरेका हुन् ।
होम आइशोलेसनमा रहेको समयमा नेताहरूलाई चुनावमा अनावस्यक खर्च गर्नुको सट्टा अहिले कोरोना बीमा गरिदिनु भनेर सर्वसाधारणले आग्रह गरिरहेका छन् । जनताका पक्षमा तामाङले कोरोनामुक्त भए लगत्तै आफ्नै समाजका निम्न आय भएका व्यक्तिको सहयोगका लागि कोष स्थापना गरेको बताए ।
विदुर–
संविधान दिवसका अवसरमा नुवाकोटमा वन्दी वृद्धा रिहा भएकी छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसंगै शनिवार नुवाकोट जिल्ला कारागारवाट ति वृद्धा वन्दी रिहा भएका हुन् ।

२०७७ असोज ६