ट्रिपर नियन्त्रणमा लिएर कारवाही "सवा चार लाख राजश्व संकलन, विप्लव कार्यकर्ता तारेखमा रिहा "
"सवा चार लाख राजश्व संकलन, विप्लव कार्यकर्ता तारेखमा रिहा "
देवचन्द्र भट्ट

तपाईको प्रतिक्रिया
विदुर–
अवैध रुपमा नदीजन्य सामग्रीको उत्खनन र ओासारपसार गरिरहेका ट्रिपरलाई नुवाकोटमा प्रहरीले नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएर कारवाही गरेको हो ।
त्रिशूली नदी किनारस्थित बेलकोटगढी नगरपालिका–७ मकैघारीमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको क्रममा सात थान ट्रिपर र तीन थान मिनीट्रकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कानूनअनुसार गत असार १ देखि भदौ मसान्तसम्म (तीन महिना) नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन गर्न नुवाकोटमा प्रतिबन्ध लगाइएकोमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई नियन्त्रणमा लिएर कारवाही गरिएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलवहादुर कार्कीले जानकारी दिए ।
यसअघि पनि प्रतिबन्धमा अटेर गर्ने एक दर्जनभन्दा बढी ढुवानी साधन कारवाहीमा परिसकेका छन् । लुकीछिपी बालुवा उत्खननमा संलग्न दुई थान स्काभेटर, १३ थान ट्रिपर, दुई थान आइचर र दुई थान ट्रयाक्टरलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ ।
चालु आवमा मात्र चार लाख १५ हजार रुपैया जरिवाना असुल भइसकेको छ । गत वर्ष अवैध ओसारपसारमा संलग्न सवारी साधनको कारवाहीबाट १७ लाख ६५ हजार रुपैया राजश्व सङ्कलन भएको नुवाकोट प्रहरीले जनाएको छ ।
जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत असार १० गतेदेखि अवैध रूपमा गिट्टी बालुवा उत्खननमा रोक लगाएको थियो । गत जेठ २८ गते बसेको बैठकबाट १२ वटै स्थानीय तहगत पर्ने नदिहरुमा कसैले हाते औजार र मेसिन प्रयोग गर्न पूर्ण रुपमा रोक लगाएको थियो ।
सबै स्थानीय तहहरुले प्रत्येक ३÷३ महिनामा समन्वय समितिमा अनुगमन र प्रतिवेदन बुझाउने निर्णय गरिएको थियो । नुवाकोटका विभिन्न नदीवाट दैनिक पांच करोड रुपैया भन्दा वढिको नदीजन्य सामग्रीको कारोवार हुदै आइरहेको छ ।
गाडी नियन्त्रणमा
नदीजन्य सामग्रीको उत्खनन्मा रोक लगाइएको वेला नुवाकोटमा अवैध रुपमा नदीजन्य सामग्रीको उत्खनन् भइरहेपनि प्रहरीले त्यसको नियन्त्रण अभियान सन्चालन गरेको छ । बेलकोटगढी नगरपालिका वडा नं २ चाउथे दोभानमा रहेको चाउथे खोलामा स्काभेटरको प्रयोग गरी अबैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न भएको पाइएपछि ठुला मेशिन तथा गाडीलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यभइरहेको उजुरी प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोली उक्त स्थानमा निरीक्षणको लागी गएको अबस्थामा चाउथे खोलामा अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन् गरिरहेको तथा उत्खनन् गरेको बालुवा लोड गरेको र लोड गर्न लागेको पाइएपछि १ थान स्काभेटर, ७ थान ट्रिपर र ३ थान आईचर गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरिक्षक तुलवहादुर कार्कीले जानकारी दिए ।
विप्लव कार्यकर्ता तारेखमा रिहा
स्काभेटरमा आगजनी गरेको आरोपमा नुवाकोटमा तीन साता अगाडि पक्राउ परेका प्रतिवन्धित विप्लव नेतृत्वको नेकपा नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्तालाई साधारण तारेखमा रिहा भएका छन् । रिहा हुनेहरुमा बेलकोटगढी नगरपालिका १३ का ४५ वर्षिय रामराजा पाण्डे र वडा ३ का चन्द्रबहादुर तामाङ छन् ।
नुवाकोट अदालतका श्रेस्तेदार ठाकुर त्रितालले उनीहरुलाई साधारण तारेखमा छाडेको जानकारी दिए । उनीहरुमाथि यहि भदौ ७ गते बेलकोटगढी नगरपालिका १३ बाराहीस्थित सडक किनारमा रहेको बा२क २२६० नम्बरको जेसिबी मेसिनमा आगजनी गरि क्षति पु¥याएको आरोप लागेको छ ।
उनीहरुलाई भदौ ७ गते बिहान नेकपा चन्द समूहको पर्चासहित मेसिन आगजनी गरेको कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेका पाण्डे र तामाङमाथि नुवाकोट जिल्ला अदालतमा आगजनी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
२०७७ असोज ६