विदुर–नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घको व्यवस्थापन तथा नुवाकोट मार्शल आर्ट्स हाप्किडो सङ्घको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ हाप्किडो च्याम्पियनसिपमा आयोजक टोली नुवाकोट च्याम्पियन भएको छ । प्रतियोगितामा नुवाकोटका चार खेलाडीले स्वर्ण पदक जितेका छन् ।
नुवाकोटका समिर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले स्वर्ण प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । यस्तै, दाङको टोली दोस्रो तथा कास्कीको टोली तेस्रो भएको छ ।
दाङका चेतन वली र गोपाल विकले तथा कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण पदक जितेका छन् । स्वर्ण पदक जित्नेलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष गुरुङले बताए ।
प्रतियोगितामा रजत प्राप्त गर्ने खेलाडीलाई जनही सात हजार पाँच सय तथा कास्य पदक पाउने खेलाडीलाई जनही पाँच हजार प्रदान गरिएको छ ।
विदुर–
नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घको व्यवस्थापन तथा नुवाकोट मार्शल आर्ट्स हाप्किडो सङ्घको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ हाप्किडो च्याम्पियनसिपमा आयोजक टोली नुवाकोट च्याम्पियन भएको छ । प्रतियोगितामा नुवाकोटका चार खेलाडीले स्वर्ण पदक जितेका छन् ।

२०७७ भदौ २४