भन्सारको राजश्व संकलनमा कमी "मासिक लक्ष्यको ३५ प्रतिशत मात्र असुली "
"मासिक लक्ष्यको ३५ प्रतिशत मात्र असुली "
देवचन्द्र भट्ट

तपाईको प्रतिक्रिया
त्रिशूली – नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढीस्थित भन्सार कार्यालयले लक्ष्यको तुलनामा गत साउनमा कम राजश्व संकलन गरेको छ । टिमुरेस्थित रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा निकै कम राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनामा सो कार्यालयले कुल २३ करोड ५६ लाख ९८ हजार मात्र संकलन भएको छ । सो कार्यालयले साउन महिनामा ६८ करोड १० लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको तुलनामा ३४ दशमलव ६१ प्रतिशत मात्र असुली गरेको हो ।
काठमाडौदेखि एकसय ५२ मिलोमिटर दुरी उत्तर भोटेकोशी नदीको किनारामा रहेको रसुवागढी नाकाबाट एक महिना अघिदेखि आयात सुरु भए पनि विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण राजश्व संकलनमा कमी आएको जनाएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेम लगायतका सामग्री आयात हुने गरेको रसुवा प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले जानकारी दिए ।
कोरोना र वाढी पहिरोका कारण सडक अवरुद्ध हुदा भन्सारको सामान नै न्यून आयात भएकाले राजश्व संकलन बढ्न नसकेको दावी गरे । नेपालबाट चीनतर्फ बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।
पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन् । यसैवीच, टिमुरेस्थित रसुवा भन्सार कार्यालयले वितेको पाँच आर्थिक वर्षमा २७ अर्व राजस्व संकलन गरेको छ ।
सो राजश्व लक्ष्यको तुलनामा धेरै रहेको जनाउंदै रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७२÷०७३ मा एक अर्व १२ करोड ६२ लाख १५ हजार, २०७३÷०७४ मा दुई अर्व ४२ करोड ३८ लाख आठ हजार, २०७४÷०७५ मा तीन अर्व ६३ करोड चार लाख ८९ हजार, २०७५÷०७६ मा नौ अर्व ५० करोड ६२ लाख ६२ हजार तथा २०७६÷०७७ मा भने नौ अर्व ३५ करोड ७८ लाख ३३ हजार रुपैया राजश्व संकलन गर्ने राखेको जनाएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा ३३ लाख २६ हजार, २०७३÷०७४ मा दुई अर्व ९२ करोड १८ लाख दुई हजार, २०७४÷०७७ मा भने आठ अर्व २७ लाख ७७ हजार राजस्व संकलन भएको छ ।
रसुवागढी नाकालाई तीन वर्ष अगाडि अर्थात् सन् २०१७ को सेप्टेम्वर १ तारिखदेखि चीनले अन्र्तराष्ट्रिय नाकाको रुपमा मान्यता दिएको थियो । रसुवागढी काठमाडौवाट छोटो दुरीमा रहेको नाका हो ।
प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार राजस्व संकलनमा प्रगति रहे पनि गत आर्थिक वर्षमा कोरोनाका कारणले प्रभावित बन्यो । २०७१ सालदेखि रसुवागढी नाका सन्चालन भएपछि व्यापारिक कारोबार बढ्दै गएपनि लक्ष्यको तुलनामा राजश्व संकलन सन्तोषजक रहेको प्रमुख भन्सार अधिकृत खड्का बताउंछन् ।
भन्सार कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ देखि नियमित कारेबार सुरु गरेको थियो । नाका सन्चालन भएपछि गत आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम सम्म कार्यालयले २६ अर्व चार करोड ४६ लाख सात हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २६ अर्व ८६ करोड २६ लाख ४३ हजार रुपैया राजस्व संकलन भएको छ ।
नेपालबाट चीनको केरुङमा अम्रिसोको कुचो, काठको टेबल बासको मुडा निर्यात हुन्छ । रसुवागढीवाट २४ किलोमिटर उत्तरपश्चिममा रहेको चीनको केरुङबाट नेपालमा टेलिकमका सामग्री, फलफुल जलविद्युत आयोजनाका सामाग्री इलेक्ट्रोनिक, रेडिमेट लगाएतका सामग्री आयात हँुदै आएको छ ।
प्रदेशको नपालाई आर्थिक सहयोग
प्रदेश सरकारले नुवाकोट, धादिङ, दोलखा र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहलाई आर्थिक सहायता दिने भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बागमती प्रदेश बिपद् व्यवस्थापन निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले बिपद्को व्यवस्थापनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख रुपैंया सहायता उपलब्ध गराउने निर्णय गरेको छ । स्थानीय विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने गरि सो रकम दिने निर्णय भएको हो ।
विभिन्न समयमा आएको बाढी तथा पहिरोमा परि ती स्थानीय तहहरुमा ठुलो मात्रामा भौतिक तथा मानविय क्षती भएकोले त्यसको तत्काल व्यवस्थापनको लागि सो सहायता प्रदान गर्ने निर्णय भएको हो ।
२०७७ भदौ ११