राजश्व संकलनमा वढोत्तरी "सबैभन्दा बढी जिल्ला प्रशासन कार्यालयबाट राजश्व संकलन "
"सबैभन्दा बढी जिल्ला प्रशासन कार्यालयबाट राजश्व संकलन "
देवचन्द्र भट्ट

तपाईको प्रतिक्रिया
विदुर–
बिश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनको अबधिमा समेत नुवाकोटमा राजश्व संकलनमा वढोत्तरी भएको छ । सो अवधिमा आर्थिक गतिविधि कम भए पनि नुवाकोटमा राजश्व संकलनमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को अन्त्यमा भएको लकडाउनको कारण राजश्व घट्ने अनुमान गरिए पनि करको दायरा फराकिलो भएकोले राजश्व संकलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयको अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा ४६ करोड ४१ लाख २१ हजार रुपैया राजश्व संकलन भएको छ ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा ४० करोड ४५ लाख ६९ हजार रुपैया राजश्व संकलन भएको थियो । यस वर्ष झण्डै ६ करोडले बढी राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी युवराज डुम्रेले बताए ।
नुवाकोटमा सबैभन्दा बढी राजश्व जिल्ला प्रशासन कार्यालयबाट संकलन भएको छ । राहदानी वितरणको कारण जिल्ला प्रशासन कार्यालयको राजश्व अन्य कार्यालयबाट संकलित भन्दा बढी भएको हो ।
जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा २ करोड १५ लाख ५५ हजार ६ सय ३१ रुपैया संकलन गरेको छ । यस्तै, बेलकोटगढी नगरपालिकाबाट एक करोड ६२ लाख ९९ हजार, जिल्ला प्रहरी कार्यालयबाट एक करोड तीन लाख २७ हजार, डिभिजनल सडक कार्यालयबाट एक करोड ६८ लाख ४४ हजार रुपैया राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्षका विभिन्न स्थानीय तहहरुले सशर्तमा आएको बजेट, बेरुजु दाखिला लगायतबाट ३६ करोड ३३ लाख राजश्व जम्मा भएको कार्यालयका सूचना अधिकारी डुम्रेले जानकारी दिए । लकडाउनले जनजीवनमा असर परेपनि नुवाकोटको राजश्व संकलनमा भने कुनै प्रभाव नपरेको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष ६ करोड वढि राजश्व संकलन भएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना कोभिड–१९ भाइरसको कारण भएको लकडाउनको अबधिमा आर्थिक गतिविधि कम भए पनि त्यसले नुवाकोटमा राजश्व संकलनमा कुनै प्रभाव नपरेको हो । नुवाकोटमा आर्थिक गतिविधि कम भएपनि राजश्व संकलनमा भने वृद्धि भएको छ ।
आर्थिक वर्ष सकिन चार महिना पहिले भएको लकडाउनको कारण राजश्व घट्ने अनुमान गरिए पनि करको दायरा फराकिलो भएकोले राजश्व संकलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ । जस अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६÷०७७ मा ६ करोड वढि राजश्व संकलन भएको हो ।
गत आर्थिक वर्षमा नुवाकोटमा कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत ४६ करोड ४१ लाख २१ हजार रुपैया विभिन्न शिर्षकमा राजश्व संकलन संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक तथा सूचना अधिकारी युवराज ड्रुम्रेले जानकारी दिए । यसले केहि आशाका सम्भावनाहरु वढाएको उनको भनाई छ ।
सो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को भन्दा ६ करोड रुपैयाले बढी रहेको डुम्रेको भनाई छ । अघिल्लो आर्थिक वर्षमा नुवाकोटमा ४० करोड ४५ लाख ६९ हजार रुपैया मात्र राजश्व संकलन भएको थियो ।
२०७७ साउन ३०