साग पदक विजेतालाई नगदसहित सम्मान
रेडियो भैरवी

तपाईको प्रतिक्रिया
विदुर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता नुवाकोटकी अनु अधिकारीलाई नगदसहित सम्मान गरिएको छ । उनलाई आफ्नो जन्मथलो नुवाकोटमा नेपाली काँग्रेस खेलकुद विभाग नुवाकोट शाखाले नगदसहित सम्मान गरेको हो ।
अनु नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्या गाँउपालिका वडा नं ४ मा जन्मिएकी हुन् । सो गाउँपालिकाले अनुलाई १० हजार एकसय रुपैयाँ नगद सहित सम्मान गरिसकेको छ ।
अनुले गत २०७६ साल मंसिरमा नेपालमा आयोजना भएको १३औंं दक्षिण एशियाली खेलकुद (साग) मा कराँतेको कुमुतेमा स्वर्ण पदक जितेकी थिईन् । नगदसहित पुरस्कृत भएपछि अनुले भनिन्,‘लकडाउनपछि आफ्नै गाउँमा सम्मानित हुन पाउँदा निकै खुशी लागेको छ ।
म यही जन्मिए र आज त्यही गाउँले मेरो मिहिनेतको सम्मान गदौ भावुक समेत बनेको छु ।’ नेपाली काँग्रेस खेलकुद विभागका राजु कँडेलले अनुलाई नगद र सम्मान पत्र प्रदान गरेका हुन् ।
एसियाली खेलकुदको समेत अनुभव बटुलिसकेकी अनु हाल ओलम्पिकको तयारीमा जुटेकी छन् । अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक छनोटका लागि उनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले छात्रबृति प्रदान गरेको छ ।
२०७७ साउन १२