रसुवागढी नाका ६ महिनापछि पुनः सन्चालन "सामानको जांचपास "
"सामानको जांचपास "
देवचन्द्र भट्ट

तपाईको प्रतिक्रिया
त्रिशूली –
नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका झण्डै ६ महिनापछि पुनः सन्चालन भएको छ । लामो समयदेखि वन्द रसुवागढी नाका खुलेसंगै उद्योगीव्यवसायी निकै खुसी भएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)का कारण गत २०७६ साल माघ १५ गतेदेखि वन्द रसुवागढी नाका नेपाल र चीन सरकारको व्यापारिक सहमतिपछि पुनः सन्चालन भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविmक्रम खड्काका अनुसार कन्टेनरमा चीनीया पषले रसुवागढीसम्म तयारी सामान ल्याइदिएका छन् ।
काठमाडौदेखि एकसय ५२ किलोमिटर दुरी उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाका सञ्चालनसंगै यसवर्षको जनैपुर्णिणा, तीज तथा वडादशैं र तिहारका लागि सामान आयात गर्न सजिलो भएको भन्सार कार्यालयले जनाएको छ । रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविmक्रम खड्काले पहिलो चरणमा चार थान कन्टेनरमा एकसय २० टन सामान आएको वताए ।
उनले रसुवागढीस्थित मितेरी पुलसम्म चीनीया पक्षले सामान वोकेको गाडी ल्याइदिएको हो । रसुवागढीवाट नेपालको गाडीमा सामान पुनः लोड गरिएका छन् ।
नियम अनुसार २४ घण्टा एकैस्थानमा राखेर स्यानिटाइज गरेपछि मात्र सामानको भन्सार जांचपास गरिने प्रमुख खड्काले वताए । उनका अनुसार नेपालको वाणिज्य मन्त्रालयको अनुरोधमा परराष्ट मन्त्रालयमार्फत नाका सन्चालनको लागि चीन सरकारको आधिकारिक निकायसंग रसुवागढी पुनः सन्चालन सहमति भएको थियो ।
पांच महिना आठ दिनपछि नाका सुचारु भएको उल्लेख गर्दै भन्सार प्रमुख खड्काले पहिलो चरणमा चार थान कन्टेनरमा तयारी पोशाक, जुत्ता चप्पल तथा घरेलु उद्योगका कच्चा पदार्थहरु केरुङ हुदै भन्सारमा आइपुगेको वताए । प्रत्येक दिन सामानको प्रकृति मिलाएर चीनको केरुङवाट सामान लोड गरेर कन्टेनर रसुवागढी नाका आउने भन्सार प्रमुख खड्काले वताए ।
रसुवा भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले चीनको केरुङमा सामग्री लोड हुन थालेको भए पनि सामग्री आयात सुरु भएको छ ।
अव नियमित रुपमा दैनिक सामग्री आयात हुने चिनियाँ पक्षले बताएका छन्, खड्काले अगाडि भने । केहि साता अगाडिको दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति भएपछि नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराइसकेका छन् ।
रसुवागढी नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामान ल्याइदिएका हुन् । सुरुमा ट्रायलका लागि चिनियाँ चारवटा ट्रकले सामग्री लिएर मितेरी पुल आएका हुन् ।
मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिने छ । मितेरी पुलबाट चीनतर्फ भने जान पाइने छैन ।
रसुवागढी नाका सन्चालनको सुरक्षा निकायलाई जानकारी आएको रसुवा प्रहरीले जनाएको छ । रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक इन्द्र सुवेदीले रसुवागढी नाका सन्चालनका सम्वन्धमा आफुले जानकारी पाएको वताए ।
कोरोना भाइरस सङ्क्रमण हुन सक्ने जनाउंदै गत माघ १५ गतेदेखि नाका बन्द भएको थियो । सुरुमा स्थानीयले कोरोना भाइरस भित्रिन सक्ने त्रासमा नाका नखोल्ने अडान लिएका कारण नाका सञ्चालनमा आउन सकेको थिएन ।
गत २०७१ साल मङ्सिर १५ गते रसुवागढी नाका औपचारिक रूपमा खुल्ला भएको हो । रसुवागढी नाकालाई चीन पक्षले गत सन् २०१७ को सेप्टेम्वर १ तारिखदेखि अन्र्तराष्ट्रिय नाकाको मान्यता दिइसकेको छ । काठमाडौवाट रसुवागढी एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको छ ।
रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ । केरुङबाट सिगात्से पाँच सय ४८ किमी टाढा छ । सिगात्सेसम्म रेल आएको र रसुवागढी नाकासम्म रेलमार्गले नुवाकोट हुदै काठमाडौ जोड्ने चीनको योजना छ ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि आयात सुरु भएसंगै आयातनिर्यातको मार्ग सुरु भएकोमा उद्योगी वयवसायी निकै खुसी भएको नेपाल उद्योग वाणिज्य महासंघका केनद्रीय सदस्य राजनलाल श्रेष्ठले वताए । उनले सवै मिलेर कोरोनाको नियन्त्रणका साथै नेपालको उत्पादन तथा अन्य सामाग्री चीनतर्फ निर्यात गरिनु पर्ने वताए ।
रसुवागढी नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले सामग्री लोड गर्न थालेको थियो । मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिएको हो ।
विभिन्न प्रकारका सामग्री बोकेका चार वटा चिनियाँ गाडी जाँचपासको प्रक्रिया पूरा गरेर सोमबार रसुवागढी नाका आइपुगेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पूण्यबिक्रम खड्काले बताए । ति सामग्री लिन नेपालतर्फका ८ वटा गाडी नाकामा पुगेका छन् ।
चिनियाँ एउटा गाडीको सामग्री नेपालतर्फका दूईवटा गाडीमा लोड हुन्छ । सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोनाको सङ्क्रमण पनि फैलन सक्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको थियो ।
यसअघि सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर, चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रन सक्ने त्रासमा स्थानीयबासिन्दाले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको थियो ।
नेपाल–चीन प्रवेशका लागि सवैभन्दा छोटो दुरीको रसुवागढी नाका सञ्चालन नहुँदा पांच महिनादेखि राजश्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ । नाका सुचारु हुंदा रसुवागढी भन्सारले दैनिक एक करोड रुपैया राजश्व संकलन गर्ने गरेको थियो ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।
कोरोना भाइरस संक्रमणका कारण झण्डै ६ महिनासम्म बन्द नेपाल–चीन रसुवागढी नाकामा सोमबारबाट ‘चीनतर्फबाट सामान आइपुगेको छ, हाम्रोतर्फबाट नेपाल भित्राउन सुरक्षाको उपायसहित अनलोडको काम सुरु भएको छ,’ रसुवा भन्सार प्रमुख पुण्यविक्रम खड्काले भने ।
दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी जुटेपछि नाका खोल्ने अनौपचारिक सहमति बनेको जनाएको छ ।
चीनमा लामो समयदेखि रोकिएको रेडिमेट गार्मेन्टहरू नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरू नै परिचालित हुने र त्यसका लागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाइएको पनि भन्सार कार्यालयले जनाएको छ ।
चीनतर्फ पठाइएका सबैको कोरोना परीक्षण गरिएको र उनीहरूको पीसीआर नतिजा नेगेटिभ छ । चीन गएकाहरू चिनियाँको सम्पर्कमा नरहने र होटेल क्वारेन्टिनमा बसेर काम गर्ने सहमति भएको छ ।
नेपाल–चीन सिमाना मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याइने भन्सार कार्यालयले जनाएको छ । व्यवसायीहरू तीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानका लागि पनि रसुवा जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ ।
२०७७ साउन ८