त्रिशूली-रसुवामा कृषि उत्पादन र पशुजन्य वस्तु बाहिरी जिल्लाबाट ल्याउन नपाइने निर्णय भएको छ । सदरमुकाम धुन्चेमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले कृषि उत्पादन र पशुजन्य वस्तु बाहिरी जिल्लाबाट ल्याउन नपाइने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन उक्त निर्णय गरिएको जिल्ला विपद व्यवस्थापन समिति रसुवाले जनाएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणलाई ध्यानमा राखी जिल्ला बाहिरबाट जिल्लाभित्र ढुवानी हुने मासुजन्य पशुपंछी, तरकारी र फलफूल अर्को व्यवस्था नभएसम्मका लागि हाललाई निरुत्साहित गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
रसुवाभित्रकै उत्पादन बिक्री–वितरण गर्ने व्यवस्था मिलाउने समेत उनले बताए । स्थानिय उत्पादनले माग धान्न नसकेपछि अहिले यस्ता बस्तुहरु जिल्ला बाहिरबाट आउने गरेको छ ।

२०७७ वैशाख १८