डा. महतद्वयद्वारा मन्दिर शिलान्यास
रेडियो भैरवी

तपाईको प्रतिक्रिया
विदुर–नुवाकोटको धार्मिक तथा ऐतिहासिक पञ्चकन्या गाउँपालिका–२ कबिलासमा कालिका मन्दिरको निर्माण सुरुवात भएको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको सो मन्दिरको पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महत र पुर्व पराराष्ट्रमन्त्रि तथा नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशशरण महतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
गत २०७२ सालको विनासकारी भुकम्पबाट ध्वस्त भएको मन्दिरको पुननिर्माण परातत्व विमागले गर्न लागेको हो । पुरातत्व बिभागवाट कुल एक करोड २९ लाख ७ हजार एक सय २३ रुपैया ५२ पैसाको लागतमा मन्दिर निर्माण हुन लागेको कालिकादेवि क्षेत्र बिकाश कोषका अध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।
मन्दिर शिलान्यास कार्यक्रममा पुर्व अर्थमन्त्रि तथा नेता डा. रामशरण महतले सरकारले विभिन्न पुरातात्विक सम्पदाको निर्माणको लागि सक्रियता अपनाउनु पर्ने वताए । उनले आफु पदमा भएपनि पनि नभएको अवस्थामा पनि जिल्लाको विकास निर्माणमा सदा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
डा. महतले वर्तमान सरकारप्रति लक्ष्यित गर्दे केहि नया काम गरेर देखाउन चुनौती दिए । उनले कुनै पनि राजनीतिक पुर्वाग्रह नराखि समावेशी भएर काम गर्न स्थानीय सरकारलाई आग्रह समेत गरे ।
मन्दिरको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पुर्व पररष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सरकारले जनतालाई काम भन्दा पनि आस्वामसन र भ्रम मात्र सिर्जना गरिरहेको वताए । उनले नेपाली जनताका माझ दुई तिहाइको सरकारले कुनै पनि उपलव्धिमुलक काम गर्न नसकेको वताए ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, महासमिति सदस्य रमेशकुमार महत, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुलीखड्का, नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य बैकुण्ठ मिश्र, महाधिवेशन प्रतिधिनि कृष्ण मिश्रलगायत सरकारले जनमतको कुनै पनि रुपवाट कदर गर्न नसकेको वताए ।
२०७६ मंसिर १०