त्रिशूली– पर्यटकिय हिमाली रसुवाको धुन्चेमा लोप हुंदै गएको जरायो नाच प्रदर्शन गरिएको छ । रसुवाको सदरमुकाम धुन्चेका युवाहरूको सक्रियतामा युवापुस्तामाझ हराउंदै गएको जरायो नाच देखाइएको हो ।
प्रत्येक दुई वर्षमा प्रदर्शन गरिने जरायोे नांच बिहीबार देखाइएको हो । जीव जनावरलाई मार्न नहुने सन्देश दिँदै नांच प्रदर्शन गर्ने गरिएको स्थानीय वुढापाकाहरुको भनाई छ ।
यसले लोप हुंदलै गएको संस्कृति र परम्पराको संरक्षण र नेपाल भ्रमण वर्ष २०२० लाई मद्धत पुगेको पर्यटन व्यसायीहरुको भनाई छ । तामाङ समुदायको उल्लेख्य वसोवास रहेको कारण रसुवामा तामाङ संस्कृत अवलोजनका लागि आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् ।
यो नाच चार दशकदेखि वन्द रहेको गत वर्षदेखि मात्र प्रदर्शन गर्न सुरु गरिएको अगुवा रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले जनाएको छ । २०३५ सालसम्म यो नाच प्रचलनमा रहेकोमा पछि एक्कासी वनद भएको थियो ।
धुन्चेमा लामो समयसम्म नाच प्रस्तुत हुन नसकेको समयमा रसुवाको अन्य क्षेत्रमा भने नांच प्रस्तुत हुँदै आएको थियो । यो नाच रसुवाको ठुलो भार्खु, गत्लाङ, गोल्जुङ, चिलिमे र खाम्जिङमा समेत देखाइँदै आएको छ ।
ठुलो भार्खुमा भाइटीकाको भोलिपल्ट र अन्य स्थानमा फरक÷फरक समयमा जरायो नाच देखाइने गरिएको छ । जरायो नाच देखाउनका लागि धुन्चेमा चार समूह बनाइएको थियो ।
एउटा समूहमा २६ देखि २८ घरधुरी समावेश गरिएको छ । यो नाच वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भूमिकाको बारेमा केन्द्रीत रहेको संस्कृति संरक्षणमा क्रियाशील गोसाइकुण्ड गापा अध्यक्ष कैसाङनुर्वु तामाङको भनाई छ ।
जरायो नाचमा लामा, झाँक्री र जरायोको मुख्य भूमिका हुन्छ । सिकारीहरू सिकार खेल्न जाँदा लुकेर बसेको जरायो भाग्छ ।
भागेर गएको जरायो लामाको शरणमा पुग्छ । सिकारीहरू लामा कहाँ पुगेर जरायो खोजिदिन आग्रह गर्छन ।
वन्यजन्तुको सिकार गर्न नहुने सन्देश लामाले दिएपछि सिकारीले सबै हतियार लामालाई बुझाउँछन् । लामाले काटमार नगर्ने भएकाले सबै जनावरले लामाप्रति गर्ने विश्वास र सम्बन्ध देखाउनका लागि यो नाच देखाइने गरिएको युवा तामाङको भनाई छ ।
दुई वर्षदेखि रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले नाच प्रस्तुत गर्दै आएको छ । यो नाचमा धेरै किसिमका नाच समावेश गरिएको हुन्छ ।
धुन्चेमा खम्बा र जरायो नाच देखाउने गरिएको समूहले जनाएको छ । समूहका अनुसार ‘चार दशकसम्म नाच प्रस्तुत हुन नसकेपछि दुई वर्षअघिबाट यसको सुरुवात गरिएको र यसलाई निरन्तरता दिँन युवापुस्ता जुटिरहेका छन् ।’

२०७६ कार्तिक १७