विदुर–डेढ दशकअघि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी आधुनिक गायिका इन्दिरा भट्टराईले आफ्नो नयां गीत सार्वजनिक गरेकी छन् । गायिका इन्दिरा भट्टराईले आफ्नो स्वरमा नयाँ गीत बदनाम बनाउने तिमीले बदनाम हुने म‘को गीतसहितको भिडियो रिलिज गरेकी छिन् ।
भिडियोमा गायिका इन्दिरा आफैंले मोडलिङ गरेकी छिन् । इन्दिरासँगै यो भिडियोमा इश्वर खड्काको पनि अभिनय छ ।
सुमन थापामगरले लेखेको यो गीतलाई लक्षु प्रकाश मल्लले संगीत गरेका हुन् । आर्यन बिमलीले निर्देशन गरेको यो भिडियोलाई दीपक जोशीले सम्पादन गरेका हुन् । भिडियोको छायाँकार पनि आर्यन बिमली नै हुन् ।
गायिका इन्दिराले यो भिडियोलाई आफ्नै च्यानल इन्दिरा म्युजिक एन्ड इन्टरट्रेन्मेन्टबाट बजारमा ल्याएकी हुन् । यसअघि उनले मितिनीसंग नांचौ भन्दै गीत वजारमा ल्याएकी थिइन् ।
आधुनिक गायिका इन्दिराले आफ्नो ६१ औं गीत सार्वजनिक गरेकी हुन् । गायिका इन्दिरा भट्टराइको तीज गीत नाचौँ मितिनी पनि निकै रुचाइएको थियो ।
इन्दिराज म्युजिक इन्टरटेमेन्टको प्रस्तुती रहेको तीज गीत नाचौ मितिनीको म्युजिक भिडियोमा चर्चित मोडल सम्झना बुढाथोकी र नितु कोइरालालाई फिचरिङ गरिएको छ ।
मोडेल सम्झना बुढाथोकीको निर्देशनमा तयार गरिएको गीतको म्युजिक भिडियोलाई भागीरथ गाहाले छायाँकन गरेका हुन् । लामो समयदेखि साङगीत क्षेत्रमा अनवरत रुपमा लागि पर्दै आएकी गायिका इन्दिरा भट्टराईले ६० वटा भन्दा वढि गीत गाइसकेकी छन् ।
गायिका भट्टराइका गीतहरुमा विशेषगरी नेपाली समाजको समसामयिक मौलिकपन झल्किने गरेका छन । यसैको कारण गायिका भट्टराईका गीतहरु लोकप्रिय पनि बन्दै गएका छन् ।
गायिका इन्दिरा भट्टराइले आफु धेरै अगाडिदेखि सांगीतिक क्षेत्रमा लागेपनि वीचको समयमा आफु सामाजिक काम तर्पm लागेको र पुन आफु सांगीतिक क्षेत्रमा आएको वताइन । गायिका भट्टराइले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिदै गीत हेरेर प्रतिक्रिया तथा सुझाव दिन सबै गीतंिगीत पारखीलाई आग्रह गरिन् ।
इन्दिराको स्वरमा सजिएको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीत म्युजिक भिडियो गत वैशाखमा सार्वजनिक भएको थियो । उनले नयां गीत आधुनिक तन्नेरी जमातलाई लक्ष्यित गरि म्युजिक भिडियोसहति एकैपटक वजारमा ल्याएकी हुन् ।
देउडा भाकाका गीतबाट १५ वर्ष अघि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी पुर्वेली गायिका भट्टराईले ६५ भन्दा वढि गीत गाइसकेकी छिन् । आधुनिक गायनका साथै देश तथा विदेका विभिन्न स्टेज कार्यक्रमहरुमासमेत इन्दिरा हाल सक्रिय रहेकी छन् ।
आधुनिक गीत–संगीतकी सर्जक भट्टराई पुर्वी तेह्रथुमको मध्यम् वर्गीय भट्टराई परिवारमा हुर्किएकी हुन् । इन्दिराले जीवनमा अनेकौँ संघर्ष गर्दै सांगीतिक यात्रा अघि बढाइरहेको वताइन् ।
उनको व्यावासायिक सांगीतिक यात्रा देउडा गीतबाट शुरू भएको हो । सुदूरपश्चिममा लोकप्रिय देउडा गीतबाट शुरु भएको उनको संगीत यात्रा विभिन्न भाषाभाषीका गीत गाउँदै अघि बढिरहेको छ ।
संगीतप्रति लगाव भएको र पारिवारिक माहोलले पनि हुर्किंदै–बढ्दै जाँदा इन्दिराले यही क्षेत्र रोज्न पुगेको वताउंछिन् । पछिल्लो गीतसहितको म्युजिक भिडियोले नेपाली समाजको मन तान्ने उनले आशा गरिन् ।

२०७६ असोज १२